Saturday, June 19

स्वास्थ्य /जिबनशैली

खोप लगाएपछि शरीरमा चुम्बक जस्तै सिक्का, चम्चा टासिएको भिडियो भाईरल भएपछी स्वास्थ्य मन्त्रालयले निकाल्यो यस्तो बिज्ञप्ति

खोप लगाएपछि शरीरमा चुम्बक जस्तै सिक्का, चम्चा टासिएको भिडियो भाईरल भएपछी स्वास्थ्य मन्त्रालयले निकाल्यो यस्तो बिज्ञप्ति

Posted in स्वास्थ्य /जिबनशैली
विरुद्धको खोप लगाएपछि शरीरमा देखिने असरका बारेमा विभिन्न हल्लाहरु भइरहेका छन् । विरुद्धको खोप लगाएपछि भारत महाराष्ट्र पुणेका एक व्यक्तिले कोरोना खोप लगाएपछि आफ्नो शरीर चुम्बक जस्तै भएको दावी गरेपछि यसबारे चर्चा परिचर्चा भएको हो ।अरविन्द सोनार नामका ती व्यक्तिले आफूले कोरोनाको दुवै डोज लगाइसकेको बताएका छन् । उनले भिडियो नै बनाएर सोसल मिडियामा राखेपछि सो भिडियो भाइरल भएको छ । भिडियोमा शरीरमा सिक्का, चम्चा, पनिऊ, थाल टाँसिएको देख्न सकिन्छ । खोप लगाएपछि साँच्चै शरीर चुम्बकीय बन्छ त ? स्वास्थ्य मन्त्रालयले कोभिड—१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु नहुने भएकाले यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।खोप सुरक्षित र प्रभावकारी भएकाले यसले स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने भएकाले महामारीको बेलामा भ्रमको पछि नलाग्न र नफैलाउन मन्त्रालयले सबैमा आग्रह गरेको हो ।
डाक्टरहरुले भने, सरकारले कुनै तयारी गरेको छैन, आफ्ना बालबालिकालाई सङ्क्रमणबाट जोगाउन आग्रह

डाक्टरहरुले भने, सरकारले कुनै तयारी गरेको छैन, आफ्ना बालबालिकालाई सङ्क्रमणबाट जोगाउन आग्रह

Posted in स्वास्थ्य /जिबनशैली
बर्दियामा कोरोना भाइरसको तेस्रो लहर फैलिए सबैभन्दा बढी बालबालिका सङ्क्रमित हुने जोखिम रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । चिकित्सकहरु यस्तो अवस्था आए सरकारी तयारी खासै नभएको गुनासो पोख्छन् । बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले दुई वर्षदेखि १६ वर्षसम्मका बालबालिकाका लागि अहिलेसम्म कुनै खोप नआएकाले उनीहरु बढी जोखिममा रहेको बताउनुभयो । जिल्लामा हाल एक वर्षदेखि ११ वर्षसम्मका बालबालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले बर्दियाको प्रमुख गोर्कण गिरीले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय बर्दियाको प्रमुख गिरीले दिएको जानकारी अनुसार शनिबारसम्म २७ जना बालक र २२ जना बालिका सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमित बालबालिका होम आइसोलेसनमा बसेका छन् । दोस्रो चरणको कोरोना फैलिएपछि बर्दियामा १८२ जना बालबालिका निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये बा
छोरी बिग्रे नर्स भन्ने समाजलाई महामारीमा देवीको रुपमा प्रकट भए नर्सहरु

छोरी बिग्रे नर्स भन्ने समाजलाई महामारीमा देवीको रुपमा प्रकट भए नर्सहरु

Posted in स्वास्थ्य /जिबनशैली
‘छोरी बिग्रे नर्स छोरा बिग्रे कमर्स’ भनी हेला गरेर बोल्ने हाम्रो नेपाली समाजमा महामारीका समयमा भने दृष्टिकोण बदलिएको छ । छोरीलाई निकै भेद्भावपूर्ण व्यवहार गरिने नेपाली समाजमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दृष्टिकोण बदलिएको हो । महामारीका समयमा दिनरात निद्रा, थकान, भोक, तिर्खा त्यागेर स्टाफ नर्सका रूपमा आफ्नो जिन्दगी जोखिममा राख्दै सेवा गरिरहेका छोरीहरुलाई महामारीमा देवीका रूपमा चित्रण गर्न थालिएको छ समाजमा यति बेला । समाजमा हेलाको पात्र बनेर बसेका छोरीहरूले महामारीका रूपमा फैलिएको कोरोना कहरमा आफ्नो जीवन बिरामीका लागि समर्पित गरेर नेपाली समाजको हेराइलाई परिवर्तन गरिदिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी बताउनुहुन्छ । यो समयमा आफ्नै जिन्दगी जोखिममा राखेर बिरामीलाई दिनरात, भोक प्यास केही नभनी सेवा तथा उपचारमा खटिनुभएका स्टाफ नर्स छोरीहर
यि हुन काँक्रो खानुका अपत्यारिला फाइदाहरु, सुन्निएको घटाउँन देखी आँखाको रातोपना हटाउनु

यि हुन काँक्रो खानुका अपत्यारिला फाइदाहरु, सुन्निएको घटाउँन देखी आँखाको रातोपना हटाउनु

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौ काँक्रो बाह्रै महिना फल्ने एउटा फल हो । यो झालमा फल्ने गर्दछ ।यो स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ । यसको सलाद बनाउदा पनि उतिकै चोपिलो हुन्छ । काक्रो सेवन जतिबेला पनि गर्न सकिन्छ । प्राय यो गर्मी मौसममा बढि सेवन हुने गर्दछ । काँक्रोको सेवन गर्दा विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ । काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ । मानिसको शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ। पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ। यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ। यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ । मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ। काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन् । त्यस
कोरोनाको तेस्रो लहरको जोखिममा बालबालिका, कम्तिमा २० प्रतिशत शय्या छुट्याउन सरकारको निर्देशन

कोरोनाको तेस्रो लहरको जोखिममा बालबालिका, कम्तिमा २० प्रतिशत शय्या छुट्याउन सरकारको निर्देशन

Posted in समाचार, स्वास्थ्य /जिबनशैली
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई आफ्नो शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्याउन आग्रह गरेको छ । मन्त्रालयका गुणस्तरमापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले आज सूचना जारी गर्दै सरकारी, निजी, सामुदायिक र सहकारी अस्पताललाई २० प्रतिशत बालबालिकाका लागि कोभिड–१९ शय्या छुट्याउन आग्रह गर्नुभएको हो । “सङ्क्रमणको दोस्रो लहर जस्तै पुनः तेस्रो र चौथो लहर आउने सके र त्यसबेला बालबालिका बढी मात्रामा सङ्क्रमित हुनसक्ने भएकाले आफ्नो स्वीकृत शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नहुन अनुरोध छ”, सूचना भनिएको छ । उहाँले उपचारका लागि वैकल्पिक प्राणवायु (अक्जिसन) को पनि व्यवस्थापन गर्न अनुरोध गर्नुभएको छ । मन्त्रालयले कोभिड–१९ को प्रथम लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लह
आज नेपालमा नयाँ अपडेट यस्तो : यस्तो डरलाग्दो संकेत देखेपाही सरकारले सबै अस्पताललाई दियो यस्तो निर्देशन

आज नेपालमा नयाँ अपडेट यस्तो : यस्तो डरलाग्दो संकेत देखेपाही सरकारले सबै अस्पताललाई दियो यस्तो निर्देशन

Posted in समाचार, स्वास्थ्य /जिबनशैली
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६५३ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्। देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्। देभभर ७५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सरकारले सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पतालाई बालबालिकाको लागि २० प्रतिशत शय
१३ वर्षीय क्यान्सर पिडित बालकको याचना: “मलाई डर लागेको छ, म बाँच्न चाहन्छु, मेरो बुवा जागिरे हुनुहुन्न, घरको अर्थावस्था कमजोर छ, हामी गरिब छौँ

१३ वर्षीय क्यान्सर पिडित बालकको याचना: “मलाई डर लागेको छ, म बाँच्न चाहन्छु, मेरो बुवा जागिरे हुनुहुन्न, घरको अर्थावस्था कमजोर छ, हामी गरिब छौँ

Posted in स्वास्थ्य /जिबनशैली
उपचारका लागि अर्थाभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल वार्डमा हुम्लाको अदानचुली गाउँपालिका–३ रोकायागाउँका १३ वर्षीय बालक अखिल दमाईले जीवन बचाइदिन आग्रह गरेका छन् । घाँटीमा समस्या आएपछि हुम्लाबाट तीन दिनको पैदल हिँडेर जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका कक्षा ६ मा अध्ययनरत बालक अहिले मृत्युको मुखमा पुगेका छन् । उपचारका लागि प्रतिष्ठानमा पुगेका बालक दमाईले रुँदै भने, “मलाई डर लागेको छ, म बाँच्न चाहन्छु, मेरो बुवा जागिरे हुनुहुन्न, घरको अर्थावस्था कमजोर छ, हामी गरिब छौँ, आर्थिक सङ्कटले थप उपचारका लागि बुवाले मलाई जुम्लाबाट अन्त ठाउँमा लैजान सक्नुभएको छैन, म बाँच्न चाहन्छु ।” बालकलाई घाँटीको क्यान्सर भएपछि थप उपचारका लागि चितवन र काठमाडौँ सिफारिश गरिएको छ । एम्बुलेन्सको भाडासमेत आफूसँग नभएपछि उनका बुवा जाड दमाईले आर्थिक सहयोगको आग्रह गर्नुभए
नेपालमा आज संक्रमण र मृत्युको नयाँ अपडेट : यति धेरैको मृत्यु, डब्लूएचओले पनि दियो यस्तो प्रतिकृया

नेपालमा आज संक्रमण र मृत्युको नयाँ अपडेट : यति धेरैको मृत्यु, डब्लूएचओले पनि दियो यस्तो प्रतिकृया

Posted in समाचार, स्वास्थ्य /जिबनशैली
बिहीबार ६ हजार ८ सय २५ जना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ५ हजार ९ सय ४ छ। २१ हजार सात सय ७३ जनामा परीक्षण गर्दा बिहीबार उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ७५ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै अहिलेसम्म कोरोनाबाट नेपालमा सात हजार छ सय ३० जनाको मृत्यु भएको छ। यसै क्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत नेपालमा कुनै नयाँ भेरियन्ट देखिएको भन्ने कुरा जानकारीमा नआएको बताएको छ। बेलायती अखवार ‘डेली मेल’ले बिहीबार (जुन ३) को संस्करणमा ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेपछि डब्लूएचओले यस्तो प्रतिक्रिया जनाएको हो। विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएका जनाएको छ। यी तीन भेरि
नेपालमा कोरोनाले जनजीवन असहज पारिरहेका बेला फेरी अर्को रोगको संक्रमण फेला, अब के गर्ने ?

नेपालमा कोरोनाले जनजीवन असहज पारिरहेका बेला फेरी अर्को रोगको संक्रमण फेला, अब के गर्ने ?

Posted in समाचार, स्वास्थ्य /जिबनशैली
कोरोना भाइरस महामारीले त्राहीत्राही बनाइरहेका बेला अर्को रोगको संक्रमण देखिएको छ। फंगसले निम्त्याउने कालो ढुसी ९म्युकरमाइकोसिस०बाट कोरोना संक्रमितकै ज्यान जान थालेको छ। यसले बिरामीको आँखा, नाक र अनुहारमा गम्भीर असर गरिरहेको छ। कोरोना लागेका बिरामी निको हुने बेलातिर कालो ढुसीको संक्रमण हुने गरेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलले संक्रमितमध्ये केहीको ज्यान गएको र केही उपचाररत रहेको बताए। कालो ढुसीको संक्रमणले नाक, आँखा र मस्तिष्कमा क्षति पुर्‍याउने चिकित्सक बताउँछन्। अन्नपूर्ण पोस्टमा यो समाचार छ । मन्त्रालयका प्रवक्ता डा। पौडेलका अनुसार झन्डै एक दर्जन व्यक्तिमा कालो ढुसीको संक्रमण पुष्टि भएको छ। जसमध्ये सीमावर्ती नेपालगन्जमा तीन र वीरगन्जमा दुई जनामा पुष्टि भएको छ। का
झन्डै एक दर्जन नेपालका कोभिडका बिरामीमा पनि देखा पर्यो आँखा बिगार्ने घातक कालो ढुसी, अब के गर्ने ?

झन्डै एक दर्जन नेपालका कोभिडका बिरामीमा पनि देखा पर्यो आँखा बिगार्ने घातक कालो ढुसी, अब के गर्ने ?

Posted in स्वास्थ्य /जिबनशैली
कोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात्‌ एक प्रकारको कालो ढुसीको सङ्क्रमण नेपालमा अहिलेसम्म झन्डै एक दर्जन मानिसमा पुष्टि भएको विवरण आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन्। दश दिनअघि मन्त्रालयले तीन-चार जनामा उक्त घातक कालो ढुसीको सङ्क्रमण देखिएको बताएको थियो। “विभिन्न ठाउँबाट गरी अहिलेसम्म हामीकहाँ म्यूकोर्माइकोसिसका करिब १२ वटा रिपोर्टिङ भएका छन्,” नवनियुक्त प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सोमवार भने। उनका अनुसार वीरगन्ज, नेपालगन्ज र काठमाण्डूलगायत ठाउँका अस्पतालबाट कालो ढुसीको सङ्क्रमणका विवरणहरू आएका हुन्। भारतमा ‘ब्ल्याक फङ्गस’ अर्थात्‌ कालो ढुसीबाट हजारौँ मानिस सङ्क्रमित भएको विवरण सार्वजनिक भएका छन्। केही दिनअघि उत्तर प्रदेशका एउटै बिरामीमा ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र येलो फङ्गसको विरल सङ्क्रमण देखिएको बीबीसी हिन्दीले