Wednesday, June 16

Author: Classic Khabar

नेपालमा बज्यो खतराको घन्टी , यी निम्न क्षेत्रमा बाढीको उच्च जोखिम

नेपालमा बज्यो खतराको घन्टी , यी निम्न क्षेत्रमा बाढीको उच्च जोखिम

Posted in समाचार
नेपालमा बज्यो खतराको घन्टी , शुक्रबार देखि परेको पानीका कारण गण्डकी, नारायणी र तिनहुँ नदीको १५ स्थानमा बाढीको उच्चजोखिम बडेको छ । यि नदीको १५ वटा क्षेत्रमा बाढीले खतराको तह पार गरेपछि जल तथा मौसम विज्ञान विभागले सतर्क रहन अनुरोध गरेको छ । नारायणी नदी अन्र्तगत कुमालगाउँ, पाल्पाको गैडाकोट, कास्कीको लुम्ले, चितवनको भरतपुर विमानस्थल क्षेत्र, चरछरे, कल्याणपुर, रामपुर, गण्डकी नदीको म्याग्दीको घोरेपानी र पाल्पाको तानसेन र तिनहुँको भैरहवा क्षेत्रमा नदीमा बाढीले खतराको तह पार गरेको महाशाखाको तथ्याङक छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हँुदै गएको छ । गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्
हासी खुसि धुमधामले बिहे गरेर गएकी बिष्णु २७ दिन मै आफ्नै घरमा मृत अबस्थामा भेटीईन , दाईजो कै लागि छोरीलाई यती सम्म गरिदो रहेछ भन्दै आमा भक्कानिएर रोईंन ,हेर्नुहोस पुरा भिडियो

हासी खुसि धुमधामले बिहे गरेर गएकी बिष्णु २७ दिन मै आफ्नै घरमा मृत अबस्थामा भेटीईन , दाईजो कै लागि छोरीलाई यती सम्म गरिदो रहेछ भन्दै आमा भक्कानिएर रोईंन ,हेर्नुहोस पुरा भिडियो

Posted in भिडियो
कास्कीको पोखरा महानगरपालिका–२२, पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री) को विवाह भएको २७ दिनमै मृत्यु भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । आमाको आँखा ओभाएका छैनन् । वैशाखको १७ गते उनको विवाह भएको थियो । जेठको १४ गते उनको रहस्यम मृत्यु भयो । विवाहमा १५ लाख रुपैया खर्च भएको थियो । रुपन्देहीको सैनामैना नगरपालिका बर्माचोकदेखि करिब दुई सय मिटर भित्र घर भएका ३० वर्षियप्रदिप भट्टराईसँग उनको विवाह भएको थियो । माइती पक्षले घटना रहस्यमय भएको बताएका छन् । माइतीले दाइजोका कारण छोरीको मृत्यु भएको आशंका माइतीले गरेका छन् । विवाह भएको केही दिनमै फोनमा विष्णुले आमा ज्वाईको औँठी र सिक्री सानो भएछ भनेर गुनासो गरेकी थिइन् । उनले दुरान फर्काउन आउँदा अलिकति सुन थपेर ठूलो बनाइदिउँ है भनेर पनि भनेकी थिइन् । तर दुरान फर्काउन नपाउँदै छोरीको मृत्युको खबर सुन्नुपर्दा माइती पक्ष स्तब्ध भएको
ओलीबाट नेपाललाई नै प्रधानमन्त्रीको प्रस्ताव आउन सक्ने !

ओलीबाट नेपाललाई नै प्रधानमन्त्रीको प्रस्ताव आउन सक्ने !

Posted in ब्यानर पोस्ट, समाचार
असारको दोस्रो हप्ताभित्र राजनीतिमा कुनै गजबको घटना घटिहाले आश्चर्य नमाने हुन्छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण कदमहरु चालेर राजनीतिलाई नै तरंगित पार्ने तयारी गरिसकेका छन् । आफूमाथि जताततैबाट घेराबन्दी भएपछि तोड्नका लागि ओलीले नेकपा एमाले एकताका लागि विशेष प्रस्ताव गर्ने बुझिएको छ । उनले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद त्याग्ने आशयको प्रस्ताव माधव नेपालनिकट नेताहरुमार्फत् सन्देश पठाइसकेको विश्वस्त स्रोतले बताएको छ । एमाले एकताका लागि त्यहाँसम्म पुग्न तयार हुनुपर्ने सुझाव एमालेभित्रका मध्यमार्गी ओलीनिकट नेताहरुले दिइसकेको बुझिएको छ । (हेर्नुहोस्ःमाधव नेपाललाई प्रधानमन्त्री बनाउने सम्मको अस्त्र तयार) १४६ जना सांसदहरुको रिटले ओलीलाई अहिले सबैभन्दा पिरोलेको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विघटित प्रतिनिधि सभाका सांसदहरुको रिट देउवाल
बिहे गरेको २७ दिनमा आमालाई अन्तिम फोन गर्दै, बिनिताले छोडिन संसार (भिडियोसहित)

बिहे गरेको २७ दिनमा आमालाई अन्तिम फोन गर्दै, बिनिताले छोडिन संसार (भिडियोसहित)

Posted in भिडियो
पोखराकी बिनिता क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग गत बैशाख १७ गते बिहे भयो । लकडाउन भएका कारण पोखराबाटै केटीका परिवार उतै गएर बिबाह गरिदिए । चिनेकै केटा र प्रेम बिबाह भएकाले जिवन सफल हुनेमा बिनिताको परिवार ढुक्क थियो । तर बिहे गरेको २७ दिनका दिन जेष्ठ १४ गते बिनिताले देहत्याग गरेको खबर पोखरा पुग्यो । आमा छाँगाबाट ख’सेजस्तै भईन । हिजो सम्म भिडियो कल गरेकी आमालाई आज छोरीको मृत्युको खबरले झन बिछप्द बनायो । माइति पक्षका अनुसार बिबाहमा १५ लाख जति खर्च भयो अझ सुन पुगेन, ज्वाईलाई दिको सिक्री सानो भयो भनेर छोरीलाई गुनासो गर्ने गरेको समेत बिनिताकी आमा बताउँछिन् । अझ ६ लाखको सुन र सामान दिने तयारी भएको र दुलन फर्काउन आउदा चाहिने सामानको लिष्ट तयार पार्न भनेको माईते पक्षले बताएको छ तर दुलन फर्काउन आउन नपाउँदै छोरीले देहत्याग गरेपछि माईतिपक्षले न्याय मागिरहेको छन् । बाँकि तल भिडियोमा हेर्न
दिपक मनाङ्गेको पछिल्लो अन्तरवार्ता-अब एमालेलाई कहिल्यै भोट नहाल्नु (भिडियो)

दिपक मनाङ्गेको पछिल्लो अन्तरवार्ता-अब एमालेलाई कहिल्यै भोट नहाल्नु (भिडियो)

Posted in भिडियो, समाचार
दुई महिनाको अन्तरमा तीन पटक मन्त्री भएका दिपक मनाङ्गे पछिल्लो समय राजनीतिक निर्णायक बने । संसद बिघटन गर्न पृथ्वीसुब्बा गुरुङले बर्तापछि उनी मन्त्रीबाटै राजिनामा दिएर बिपक्षी गठबन्धनमा आएका थिए । संसद जोगाउन विपक्षीलाई साथ दिने घोषणा गर्दै उनी विश्वासको मत लिने प्रस्तावमा मतदान हुँदा अनुपस्थित रहे। दीपक मनाङेको घोषणाले ६० सदस्यीय सदनमा ३१ जना विपक्षी मोर्चामा भइदिए। निकै कसरत गर्दा पनि आफ्नो पक्षमा स्पष्ट बहुमत जुटाउन नसकिरहेको विपक्षी गठबन्धनका लागि ‘मसिहा’ बने आपराधिक पृष्ठभूमिबाट आएका मनाङे। उनको निर्णायक मतले मुख्यमन्त्री बने कृष्णचन्द्र नेपाली। प्रदेश सरकारको लगाम पृथ्वीसुब्बाबाट कृष्णचन्द्रमा पुग्यो। मनाङे पुनः मन्त्रीमा नियुक्त भएका छन्। मनाङेको गुन तिर्दै मुख्यमन्त्रीले उनलाई तुरुन्तै मन्त्री बनाएका छन् । अन्य पार्टीहरुमा कसलाई मन्त्री बनाउने भन्ने विवाद भए पनि मनाङे भने मुख्य
भित्रभित्रै यस्तो सम्म भैदियो एमालेका ३ नेताहरु बीच….

भित्रभित्रै यस्तो सम्म भैदियो एमालेका ३ नेताहरु बीच….

Posted in ब्यानर पोस्ट, समाचार
‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कसले, किन र केका लागि गर्दैछ यो सब ?’ पार्टी एकतामा सक्रिय युवा नेता योगेश भट्टराईले केही दिनअघि सामाजिक सञ्जालमा लेखेका थिए। पार्टीका शीर्ष नेताहरूमा आफ्नासँग भन्दा पराईसँग सहकार्य गर्न खोज्ने प्रवृत्तिले एमाले विभाजनको संघारमा छ। अधिकांश सर्वसाधारणको सामाजिक सञ्जालमार्फत नै भट्टराईलाई जवाफ थियो, ‘दोस्रो पुस्ताका नेताहरू मिले पहिलो पुस्ताका नेताहरू एकतामा आउन बाध्य हुनेछन्।’ हुन पनि, दोस्रो पुस्ताका नेताहरू पार्टी एक
ओलीले असहज महसुस गरेपछि माधव पक्षले दियो यस्तो संदेश

ओलीले असहज महसुस गरेपछि माधव पक्षले दियो यस्तो संदेश

Posted in ब्यानर पोस्ट, समाचार
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ। नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ। ओलीलाई दबाब दिने रणनीतिस्वरूप नेपाल पक्षले प्रदेश १ र वाग्मती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने भएको छ। विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायम राखेरै ओली पक्षमाथि रणनीतिक दबाब सिर्जना गर्न थालेको हो। नेपाल समूहको सहयोगबिना प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको र ओली पक्ष चारैतिरबाट घेराबन्दीमा परिरहेका बेला नेपाल पक्षले गण्डकी प्रदेशमा पनि साथ दिएको थियो, वाग्मती प्रदेशमा पनि साथ दिने निर्णय गरिसकेको छ। ‘हामी सत्तापक्ष भएर पनि विपक्षीजस्तो बस्नुपर्ने अवस्था सिर्जना हुँदै थियो। (वाग्मती प्
आजबाट काठमाडौं उपत्यकामा ब्यापक परिबर्तन, हुने भयो सर्वसाधारणलाइ धेरै सहज

आजबाट काठमाडौं उपत्यकामा ब्यापक परिबर्तन, हुने भयो सर्वसाधारणलाइ धेरै सहज

Posted in समाचार
काठमाडौँ उपत्यकाका केही सेवामा सहजीकरण गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बसेको संयुक्त बैठकले केही खुकुलो पार्दै निषेधाज्ञाको आदेश थप गर्ने निर्णय गरेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जानकारी दिनुभयो । यसपालिको आदेशमा भने अत्यावश्यक खाद्य सामग्री खरीद÷विक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । तरकारी, फलफूल, खाद्यान्न, दूध, डेरीजन्य परिकार, मासु, खानेपानी, ग्यास पसल, किराना, डिपार्टमेन्टल स्टोर्स (ग्रोसरी मात्र) खुला हुनेछ । स्थानीय ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यसपटकको आदेशमा पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विगतमा पुस्त
चितुवाको आ क्र म ण बाट घाइते भएकी बालिका कि आमाले सुनाईं सबै बित्तान्त

चितुवाको आ क्र म ण बाट घाइते भएकी बालिका कि आमाले सुनाईं सबै बित्तान्त

Posted in समाचार
तनहुँमा चितुवाको आ क्र मणबाट एक बालिका घाइते भएकी छिन् । व्यास नगरपालिका-१२ देउराली पालिङकी मधु परियारकी साढे दुई वर्षीया छाेरी अनुष्का परियार चितुवाको आ क्र म णबाट घाइते भएकी हुन। आइतवार साँझ घरभित्र खाना खान लागेका बेला छोरीलाई चितुवाले तानेकाे उहाँले बताउनु भयाे । ‘चितुवाले छोरीलाई तानेपछि मैले पनि छोरीलाई तानेँ । तीन कान्लासम्म ल तारेपछि चितुवाले छाड्यो, अनि मैले छोरीलाई लिएर घर फर्किएँ’ उहाँले भन्नुभयो । बालिकाको चिउँडोमा चो ट ला गे को छ । घाइते अनुष्काको दमौली अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको दमौली अस्पतालले जनाएको छ । यो पनि, गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे - हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ । गाउँमा रुघाखोकीका बिरामी
फेरी लागु हुने भयो यस्तो नियम, बिहान १० बजे सम्म पसल खोल्न दिने गरि लकडाउन थप्ने तयारी

फेरी लागु हुने भयो यस्तो नियम, बिहान १० बजे सम्म पसल खोल्न दिने गरि लकडाउन थप्ने तयारी

Posted in समाचार
वैशाख १६ गतेदेखि जारी रहेको लकडाउन फेरि थपिने भएको छ । काठमाडौं उपत्यकामा सङक्रमण घटेपनि जोखिम अझै उच्च रहेको भन्दै लकडाउन लम्बिन सक्ने बताइएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ। बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने बारेमा छलफल भैरहेको बताइएको छ । अब हुने निषेधाज्ञा केही खुकुलो हुने बताइएको छ । काठमाडौं उपत्यका तीन जिल्ला वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ गते सकिदैछ । अबको तीन दिनपछि यसअगाडी जारी गरेको निषेधाज्ञाको अवधि समाप्त हुदैछ । त्यसको पूर्वसन्ध्यामा छलफलहरू भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । ‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिन्छ,’ पराजुलीले भने। निषेधाज्ञा लम्ब्याइएको साता