Wednesday, June 16

मृत्युको मुखबाट बचेँकी नायिका विपना थापाले ऋषी धमलालाई भनिन्, ‘मलाई कु टौं ला झै गरी नसोध्नुस्, भारतले सिमा अतिक्रमण गरेको विषयमा मैले मुख्य ठाउँमै कुरा उठाएकी छु’ (भिडियो हेर्नुस्)

March 23, 2021 115

अभिनेत्री विपना थापा अहिले माइती देश नेपालमा छन् । उनी फिल्मी कार्यक्रमका लागि नेपाल आएकी हुन् । भारतीय नागरिकसंग विवाह गरेपछि उनी उतै ब्यस्त भएकी छन् । तर बेलाबेलामा उनी नेपाल आइरहन्छिन् । उनले, चाडै नै फिल्ममा फर्कने बताएका खबर आइरहेका छन् । उनी दुई वर्ष पछि फेरी नेपाल आएकी हुन् । उनी विवाह गरेर गएको १३ वर्ष भयो । तर बारम्बार नेपाल आइरहने बताउने विपना नेपालको माया निकै लाग्ने बताइन् ।

विपना कुनै जमानामा नेपाली फिल्ममा चलेकी अभिनेत्री हुन् । विपनासँगै फिल्ममा काम गरेका राजेश हमाल, भूवन केसी अहिले पनि सक्रिय छन् । तर, विपना भने बिहे गरेर भारतमा रहँदै आएकी छिन् । निरुता जस्तै विपनाको पनि कमब्याकको आशा छ । उनले आफ्नो भाग्यमा लेखेकै कारण होला भारतमा विवाह गर्नुपरेको बताइन् ।

पारिवारिक कर्तब्यका कारण भारतमा बस्नुपर्ने भएपनि नेपालको माया संधै रहने बताएकी छन् । उनले नेपालको सिमाना भारतले अतिक्रमण गरेको विषयमा आफुले पनि आवाज उठाएको बताएकी छन् । उनले धमलालाई भनिन्, नेपालीको अगाडी बोल्नुपर्ने थिएन तर जसको अगाडी बोल्नुपर्ने हो उनीहरुसं मैले बोलेको छु । म राजनीतिक पृष्ठभूमीको ब्यक्ति भएका कारण पनि मैले कुरा उठाएको छु ।

उनले यो विषय सामाजिक सञ्जालमा बोलेर भाइरल भने हुन नखोजेको बताइन् । नायीका विपनाले ऋषी धमलाको प्रश्न सोध्ने शैलीको आलोचना गर्दै भनिन्, पि टौं ला झै गरेर नबोल्नुस् ऋषी जी । एक नेपाली चेली र कलाकार भएका कारण पनि उनले नेपालकै इज्जतका लागि भारतमा आफ्नो घर ब्यवहार धानेर बसेको बताएकी छन् । उनले नेपाल र भारतको संस्कृती धेरै मिल्दोजुल्दो भएको बताइन् ।

प्रतिकृया दिनुहोस्