Saturday, June 19

रंगशालामा ऋण लागेपछि निस्किए धुर्मुस, मजदुरले पैसा उठाएर बाटोखर्च दिँदा भावुक भएर रोए (भिडियो हेर्नुस्)

March 23, 2021 231

चितवनमा निर्माण हुँदै गरेको वहुप्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सिर्जना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अभियानमा निस्किएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रंगशाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्माणका लागि सरकार र सर्वसाधारणको लगानी छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग उठाउँदै रंगशाला निर्माणमा लगानी गरिरहेको छ । क्रिकेट मैदान निर्माणमा आर्थिक अभाव भएपछि सहयोग जुटाउन सिताराम कट्टेल धुर्मुस मेची महाकाली अभियानमा निस्किएका छन् । रंगशाला निर्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रंगशाला निर्माणमै जुटेका मजदुरले विदाई गरेका थिए । उनीहरुले विदाईका क्रममा बाटोमा लाग्ने खर्च उठाएर धुर्मुसलाई दिएका थिए ।

मजदुरले पैसा दिँदा धुर्मुस निकै भावुक भए । मजदुरहरुले भने, घरको छोराछोरी बाहिर जाँदा बाटोखर्च दिएर पठाउनु पर्छ । हामीले त्यही भूमिका निर्वाह गरेका हौँ, लक्ष्य पुरा गरेर फर्कनुहोला शुभकामना छ । यसरी पैसा दिँदा त्यहाँको माहौल पनि निकै भावुक भएको थियो ।

धुर्मुस सुन्तली फाउण्डेशनको तर्फवाट अभियानमा सहभागी भएका अर्जुन घिमिरे (पाडे)ले पैसा लिएर भने यो तपाईहरुले दिएको आर्शिवाद हो । हामी कञ्चनपुरवाट यो अभियान सुरु गरेका छौं । हाम्रो अभियानमा सबैको साथ रहने छ ।

प्रतिकृया दिनुहोस्