Saturday, September 25

भारतमा देखा पर्यो फेरी अर्को रोग नेपालमा पनि सावधानी अपनाइदै: लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी गम्भीर हुने र कोमामा जाने चिकित्सकको भनाई

September 11, 2021 93

एउटा महामारी नसकिदै भारतमा फेरी अर्को रोग फैलिन सुरु भएको छ । भारतमा देखिएको प्रभावले नेपालमा पनि सावधानी अपनाउन थालिएको छ । भारतको केरला राज्यमा निपा भाइरलको लक्षण देखिएको छ । यो रोगलाई विश्व स्वास्थ्य संगठनले ठूलो महामारीको सम्भावित कारकको दश घातक रोगमा सूचीकृत गरेको छ ।

केरला राज्यमा एक १२ वर्षीय किशोरको निपा भाइरसको संक्रमणबाट मृत्यु भए पछि सावधानी अपनाइएको छ । अहिलेसम्म केरालामा २० जनालाई सो रोग पुष्टि भएर अस्पताल भर्ना गरिएको छ भने १६८ जनालाई होम आइसोलेशनमा राखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

केरलामा यसको संक्रमण देखिएसँगै नेपालमा पनि सावधानी अपनाउन थालिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आवश्यक सावधानी अपनाउन थालिएको जनाएको छ ।

यसका लक्षणमा ज्वरो आउने, टाउँको दुख्ने, बान्ता हुने, श्वासप्रश्वासको समस्या हुने, कमजोरी तथा मानसिक असन्तुल हुने गर्दछ । त्यसपछि मस्तिष्क सुनिन्छ । यो लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी गम्भीर हुने र कोमामा जाने चिकित्सकहरू बताउँछन् ।

मस्तिष्क सुनिन्ने लक्षणलाई जित्न सकेको खण्डमा मानिस पूर्ण रूपमा निको हुन सक्छ । तर स्नायू प्रणालीको समस्या (जस्तै शरीर काप्ने, व्यक्तित्व परिवर्तन हुने) जस्ता समस्या देखा परेका बिरामीको मृत्यु हुने सम्भावना निकै बढी हुन्छ ।

यो रोग लागेका व्यक्तिको मुत्युदर ७० प्रतिशतसम्म रहने चिकित्सकले जनाएका छन् । यो रोग लागेको स्थानमा भएका बिरामी बंङ्गुर तथा चमेरोको सम्पर्कबाट टाढा रहनुपर्छ । यो रोगको लागि अहिलेसम्म कुनै पनि औषधि तथा खोप विकास भइसकेको छैन ।

यसबाट बच्नका लागि रोगको मूख्य स्रोत मानिएको चमेरोले जुठो हालेर छोडेको फलफूल (रुखमा फलेका फलफूल) नखाने, फलफुल राम्रोसँग पखालेर खाने, पकाएर खाने गर्नुपर्छ । त्यस्तै जनावरको गोठमा काम गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्