Tuesday, September 28

सङ्खुवासभा घटनाका आरोपी भतिजा पक्राउ

September 11, 2021 99

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको ह’ ‘त्यामा सं’लग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । आरोपमा शनिबार बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो । पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने हुन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले आरोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन ।

गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको ह’ ‘त्या भएको थियो।

मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने भनेको छ। लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको ह’थौडा र र’ग’तले ल’त’प’ति’एको कपडा बराबद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए। पारिवारीक दु’श्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ। मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ।

घटना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ। कार्कीले सुरूमा तेजबहादुरलाई प्र’हा’र गरेको र त्यसपछि क्रमश: पालैपालो अरूलाई प्र’हा’र गरेको देखिएको प्रहरीले जनाएको छ।

‘हामी अनुसन्धानको निष्कर्षमा पुगेका छौं, घटनाबारे विस्तृत रुपमा भोलि पत्रकार सम्मेलनमा भन्नेछौं,’ दाहालले भने।
प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अ’प’रा’ध कबुल गरेको हो । घटनास्थलमा सिआईबीका डिएसपी रुगम कुँवर नेतृत्वका ३ जना प्रहरी अधिकारी अनुसन्धानका लागि खटिएका थिए । यद्यपि घटनास्थलमा ख’टिएका प्रहरीले भने यस सम्बन्धमा केही बताउन चाहेका छैनन् । ठूला अप’रा’धका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त भएको हो ।

प्रतिकृया दिनुहोस्