Saturday, September 18

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

September 11, 2021 88

यो घटना दाङ तुलसीपुरको हो । एक जना पुरुष श्रीमती र छोरीलाई बिचल्ली पारेर हराए । अर्की महिला लिएर हिडेपछि घरमा श्रीमती र सानी छोरीको बिचल्ली भएको छ । २३ वर्षको सानै उमेरमा सानो छोरीको जिम्मेवारी कसरी लिने भन्ने समस्या पनि उनको अगाडी छ । उनका श्रीमान गंगाराम केसी अहिले भारतमा रहेको खुलेको छ । पाँच वर्ष सम्म उनले श्रीमती र छोरीको खोजी गरेनन् । तर श्रीमती मिना केसी मिडियामा आएपछि गंगाराम पनि टेलिफोन सम्पर्कमा आएका हुन् । हिमान्चलको सिम्लामा आफु रहेको उनले बताएका छन् ।

फोन सम्पर्कमा आएका गंगारामले उल्टै श्रीमतीलाई नै आरोप लगाएका छन् । श्रीमतीले नै आफुलाई धोका दिएर अरु कुनै ब्यक्तिसंग नजिकिएको थाहा पाएपछि यस्तो निर्णय लिएको बताएका छन् । आफु वैदेशिक रोजगारीका लागि वाहिर (साउदी अरव) गएर आए पछि आफुले त्यस्तो धोका पाएको भनाई छ ।

विदेश जाँदा लागेको ऋण तिर्न नसकेपछि काठमाडौमा बसेर केही महिना सम्पर्क विहिन भएको बेलामा श्रीमतीले फेसवुमा अन्य ब्यक्तिसंगको तस्बिर राखेको आफुले देखेपछि आफुलाई पनि रिस उठेको बताएका छन् । त्यती बेला आफुले अर्को विवाह गरिसकेको र त्यसको जानकारी जेठो श्रीमतीलाई नभएको उनको भनाई छ । कान्छि श्रीमतीलाई पनि आफु विवाहित थिए भन्ने बारेमा नबताएर झुटो बोलेर विवाह गरेको भएर आफु सम्पर्क विहिन भएको बताए । उनले जेठी श्रीमतीलाई थाहा नदिएर जग्गा जमिन बेचेको आरोप स्वीकार गरेका छन् ।

प्रतिकृया दिनुहोस्