Saturday, September 25

भाग्यले बाचेका यी नेपाली युवा……

September 11, 2021 92

तालिबानले काबुलमा भएको विरोध प्रदर्शनको समाचार संकलन गर्ने पत्रकारलाई घण्टौ नियन्त्रणमा लिई निर्घात कु’ट’पिट ग’रे’र छो’डे’को छ । उनीहरूलाई प्रदर्शनस्थलबाट प्रहरी चौकीमा लगिएको थियो । वि’ रोधलाई संगठित गरेको आरोप लगाउँदै ड’ न्डा, विद्युतीय तार र को’र्राले ‘हिर्का’एको उनीहरूले बताएका छन् ।

‘एक जना तालिबानले मेरो अनुहारलाई कंक्रिटतर्फ फर्काएर उसको खुट्टा मेरो टा’उ’को’माथि राखेर थिच्यो । उनीहरूले मेरो टा’उ’कोमा हि’र्का’ए … उनीहरूले मलाई मा’र्न ग’इरहेका थिए भन्ने सोचें’, फोटोग्राफर नेमातुल्लाह नक्दीले एएफपीलाई भने । समावेशी शासन चलाउने वाचा गरेको भए पनि तालिबानले आफ्नो शासनकोवि’रुद्ध बढिरहेको विरोधलाई दबाउनतर्फ अघि बढेको छ ।

बुधबार राति तालिबानले न्याय मन्त्रालयको अनुमति विना गरिने प्रदर्शनलाई गैरकानुनी घोषणा गरेको छ । नि’र्घात कु’टा’इ खाएका नक्दी र उनका सहकर्मी ताकि दर्याबी इतिलात रोज (इन्फरमेसन डेलि) का रिपोर्टर हुन् । उनीहरू काबुलको प्रहरी चौकी अगाडि महिलाहरूले काम र शिक्षाको माग गर्दै गरेको आन्दोलनको समाचार संकलन गर्न गएका थिए ।

नक्दीले फोटो खिच्न सुरु गर्ने बित्तिकै तालिबन लडाकुले आफूमाथि ह म ला ग रे को बताए । ‘उनीहरूले मलाई ‘तिमीले छायाङ्कन (फिल्म) गर्न सक्दैनौ’ भने’, उनले भने । ‘उनीहरूले छायाङ्कन गरिरहेका सबैलाई पक्राऊ गरे र उनीहरूको फोन लिए’, नक्दीले एएफपीलाई भने ।

नक्दीले तालिबानले आफ्नो क्यामेरा खो’स्न प्रयास गरेको तर आफूले भिडमा अरू कसैलाई दिएर व्यवस्थापन गरेकको बताए । तीन जना तालिबानले उनलाई प्रहरी चौकीमा लगे र पिट्न सुरु गरे । तालिबान अधिकारीहरूले प्रतिक्रियाको लागि एएफपीले बारम्बार अनुरोध गर्दा पनि जवाफ दिएका छैनन् ।

आफूलाई र्‍यालीको आयोजक भएको आरोप लगाएको भन्दै नक्दीले भने, ‘तालिबानले मलाई गा’ली ग’र्न र कु’ट्न सुरु गरे ।’ उनले आफूलाई किन पि’टेको भ’नेर सोधे, उनलाई भनियो– ‘तँ भाग्यमानी छस्, तेरो टा’उको त का’टि’एन ।’ अन्ततः नक्दीलाई भिडभाडयुक्त कक्षमा लगियो जहाँ उनले आफ्नो सहकर्मी दर्याबीलाई भेटे, उनी पनि पक्राउ परेका थिए र कु’टि’ए’का थिए । ‘हामी यति धेरै पीडामा थियौं कि हलचल गर्न पनि सक्दैनथ्यौं’, दर्याबीले बताए ।

तालिबानले केही घण्टापछि कुनै स्पष्टीकरण विना उनीहरूलाई अपमानजनक ढंगले छोडिदिएको थियो । ‘उनीहरूले हामीलाई शत्रुका रूपमा हेर्छन्’, तक्कीले भने । तालिबानले स्पष्ट नपारिएकोे इस्लामिक सिद्धान्त अनुसार प्रेस स्वतन्त्रताको रक्षा गर्ने दा बी ग रिहरेको छ । यद्यपि, प्रदर्शनका समाचार संकलन गर्ने पत्रकारहरूमाथि दु’व्र्य’व’हार बढिरहेको छ ।

हालैका दिनहरूमा आन्दोलन र वि’ रोध प्रदर्शनका समाचार संकलन गर्ने क्रममा दर्जनौ पत्रकारहरू कु’टि’एको, पक्राउ परेको र समाचार संकलन गर्नबाट वञ्चित गरिएका समाचारहरू आइरहेका छन् । जुन १९९० को दशकमा पहिलोपटक शासन गरेको तालिबानले यस्तो वि’रो’ध हुन्छ भन्ने सोचेका थिएनन् । विदेशी मिडियाका पत्रकारभन्दा पनि अधिकांश अफगान पत्रकारहरूलाई तालिबानले दु’व्र्य’व’हार गरेको छ ।

हालैका प्रदर्शनहरूले तालिबानले सत्ता हातमा लिएपछि गरेको अधिक सहनशील शासन गर्ने र देशको शान्ति र समृद्धिकाको लागि काम गर्न गरेको प्रतिवद्धता प्रारम्भिक परीक्षण हुँदैछ । इटिलात रोज पत्रिकाका प्रमुख जाकी दर्याबीले तालिबानको भनाइ खोक्रो रहेको बताए । ‘धरातलीय यथार्थलाई हेर्दा यो आधिकारीक बोली वास्तविकतादेखि पूरै फरक छ’, उनले भने । एएफपीबाट

प्रतिकृया दिनुहोस्