Saturday, September 18

विहेको १४ बर्षपछि शहरमा घर किन्न खेत बेचेर खातामा पिस पैसा राखेकै दिन ६४ लाख लिएर प्रेमीसँग श्रीमती भागिन

September 9, 2021 76

प्रेम अन्धो हुन्छ भन्ने कुरा हामीले अक्सर सुन्छौँ तर एकदम कम मात्रै त्यस्तो देख्न पाइन्छ । हिन्दु धर्ममा विवाह सात जन्मसम्मका लागि गरिन्छ । यदि दुई मध्ये कसैको बिश्वास टुट्यो भने पति र पत्नीको सम्बन्धमा दरार आउन धेरै समय लाग्दैन । त्यस्तै एउटा घटना भारत, बिहारमा पनि देखिएको छ ।

जानकारी अनुसार एक महिलाको १४ बर्ष पहिले बिहे भएको थियो । बिहेपछि दुबैको जिन्दगी खुशीले बितिरहेको थियो । विवाहपछि शहरमा एउटा आफ्नै घर बनाउने उनीहरुले सपना पनि देखिरहेका थिए । त्यसका लागि श्रीमानले गाउँको खेत बेच्दिए । खेत बेचेपछि, उनले आफ्नी श्रीमतीको खातामा सबै पैसा जम्मा गर्दिए । तर त्यसपछि जे भयो त्यसका लागि सायद उनी तयार थिएनन् । उनलाई कहाँ थाहा थियो र श्रीमतीको सोच यति चाँडै परिवर्तन हुन्छ भनेर, श्रीमतीले धोका दिन्छिन् भन्ने त उनले कल्पना पनि गरेका थिएनन् ।

एक दिन पति कमाउन अर्को राज्य गए, यसबीच पत्नी पनि छिमेकीसंग घरबाट भागिन् । गाउँको खेत बेचेको पैसा पनि साथमा लिएर छिमेकीसँग फरार भएकी हुन् । खेत बेचेको झण्डै ६४ लाख रुपैयाँ साथमा लिएर उनी भागेकी हुन् । श्रीमतीको खातामा अहिले १८ रुपैयाँ मात्र बाँकी छ । जब श्रीमानले सो कुरा थाहा पाए, एकाएक जमिन भासिएजस्तै भयो । घटना बिहारको पटनाको हो । त्यहाँ १४ वर्ष पहिले बिहटाको कौडिया निवासी ब्रजकिशोर सिंहको विवाह भोजपुरको बरहारा प्रहरी चौकी क्षेत्रको बिन्द गाउँकी निवासी प्रभावतीसँग भएको थियो ।

ब्रजकिशोर गाउँमै खेतीपाती गर्थे । ब्रजकिशोर आफैं बिहटामा भाडाको घरमा बसेर खेतीपाती गर्थे । त्यस बीचमा, उनी खेतीपाती छोडेर केहि पैसा कमाउन गुजरात गएका थिए । गुजरातमा काम गर्दै, उनी आफ्नी श्रीमतीको खातामा पैसा पठाउँथे । उनले पठाएको पैसाबाट नै उनको परिवार चल्थ्यो । यो बीचमा छिमेकीमा बस्ने एक व्यक्तिसंग पत्नीको निकटता बढ्यो । बिस्तारै दुबै प्रेममा परे । दुबै एक अर्कासंग दिनहुँ कुरा गर्न थाले । गुजरातमा मजदुरी गरिरहेका पति दुबैको मायाबारे बिल्कुल अनभिज्ञ थिए । श्रीमानलाई धोका दिएर उनी ती युवकलाई भेट्न जान्थिन् । यस बीचमा उनीहरु दुबैको श्रीमानसँग हुने कार्यहरु समेत हुन्थ्यो । यो बिषयमा कसैलाई थाहा थिएन् । ब्रजकिशोरको एक छोरी र एक छोरा छन् । दुबै हुर्कदै थिए तर आमालाई त्यसको कुनै मतलब थिएन् ।

छोराछोरीको राम्रो भविष्यका लागि खेत बेचे
छोरा र छोरीको राम्रो पालनपोषण र पढाईको लागी, उनीहरू शहरमा बसोबास गर्ने विचारमा पुगेका थिए । उनलाई शहरमा बसोबास गर्न पैसा चाहियो, त्यसकारण ब्रजकिशोरले गाउँको खेत बेच्नुपर्यो । करिब ६४ लाख रुपैयाँमा उनले आफ्नो गाउँको खेत बेचेका थिए । १४ वर्षदेखि साथमा भएकी तथा दुई सन्तानकी आमा, श्रीमतीलाई विश्वास गरेर उनले खेत बेचेर आएको सबै रकम श्रीमतीको खातामा जम्मा गर्दिए । तर उनलाई थाहा थिएन कि उनकी श्रीमतीले उनलाई धोका दिन्छन् र अरु कसैसंग जान्छिन् । शहर आएपछि खाली बस्नु भन्दा ब्रजकिशोरले कमाउन गुजरात गए ।

जब उनी गुजरातबाट फर्के, डेरामा ताला लगाइएको थियो । घरमा श्रीमती थिएनन् । जब यो जानकारी घरमालिकलाई दिईयो, उनले भने कि उनकी पत्नी प्रभावती छोरीसंग त्यहाँबाट गइन् । त्यसपछि, ब्रजकिशोरले श्रीमती र बच्चाहरुको बारेमा सबै आफन्तहरुलाई जानकारी गराए । लामो प्रयासपछि ब्रजकिशोरलाई छोराको बारेमा जानकारी पत्ता लगाउन सफल भए । उनी छोरासँग घर पुगे । जब ब्रजकिशोरले खाता जाँच गरे, उनको होश उड्यो । खातामा मात्र १८ रुपैयाँ बाँकी थियो, बाँकी पैसा थिएन् ।

प्रभावतीले प्रेमीको खातामा सबै रकम पठाइन्
खातामा पैसा नभएपछि ड राएका ब्रजकिशोर सिधै प्रहरी चौकी गए । उनले प्रहरीलाई सम्पूर्ण घटनाको बारेमा जानकारी गराए । अनुसन्धानको क्रममा प्रभावतीको एक युवकसंग प्रेम सम्बन्ध भएको पत्ता लाग्यो । प्रभावतीले डेहरी निवासी एक व्यक्तिको खातामा झण्डै ४२ लाख रुपैयाँ हस्तान्तरण गरेकी थिइन् । बाँकी झण्डै २१ लाख रुपैयाँ चेकको माध्यमबाट निकालिएको रहेछ । प्रहरीले सम्पूर्ण घटनाबारे अनुसन्धान गरिरहेको छ । नेपालमा पनि यस्ता धेरै घटनाहरु देख्न पाइन्छ । श्रीमान विदेशमा हुने यता श्रीमती अर्कैसँगै सबथोक लिएर भागेका धेरै उदाहारण छन् । जनबोली

यो पनि, पहिराले घर लगेपछि खुला चौरको बास
गत साउन १६ गते नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिराले बगायो । उहाँको छ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ । त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिराले पुरिदियो भने अर्काे घर जोखिममा परेको छ । पाँच जनाको परिवार त्रिपाल टाँगेर खुलाचौरमा बसेको डाँगीले बताउनुभयो । अहिलेसम्म कतैबाट राहत नपाएको उहाँले गुनासो गर्नुभयो ।

पहिराका कारण बाँसकोटीका गोरख कामी, गोरख विक, प्रताप घर्ती, टकबहादुर पुन, ज्ञानबहादुर कामी, पानबहादुर थापालगायत एक दर्जन घर जोखिममा परेका छन् । गाउँ माथिबाट खसेको पहिराले घरमा क्षति मात्र गरेन, पाखो तथा खेतमा लगाएको धान, मकै र फलफूलका बिरुवासमेत नष्ट गरेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन तथा अध्ययनबिना नै जथाभावी सडक खन्नुले पहिराको जोखिम बढेको स्थानीयवासी भुवन केसीको भनाइ छ ।

कैना बाँसकोटी, कट्के, किटेनी, कालिमाटी घुवारा, औल सीमा कोठीगाउँ जोड्ने सडक जथाभावी खन्ने काम गर्दा पहिराको जोखिम बढेको छ । विकासले उल्टै विनाश निम्त्याएको छ । नगरपालिकाले जथाभावी सडक निर्माण गर्दा पहिराको जोखिम बढेको छ । जिल्लामा स्थानीय तहले वातावरणीय प्रभाव मूल्याङ्कन तथा अध्ययनबिना नै जथाभावी डोजर लगाएर सडक निर्माण गर्दा सबैतिर बाढी पहिराको जोखिम बढेको छ ।

जिल्लाका खलङ्गा पाँचकाटिया, कालिमाटी बारेकोट, छेडा थलह, थलह सानाखोला जुनीचाँदे, थलह बाटुल्ले टापुचौर, पाँचकाटिया पैक, पाँचकाटिया कुशे भार्मा, कालिमाटी कैना, कालिमाटी खन्टाकुरा सिर्केलगायत दर्जन बढी ग्रामीण सडकमा असार पहिलो सातादेखि यातायात सेवा अवरुद्ध छ ।

प्रतिकृया दिनुहोस्