Tuesday, September 28

एमसीसी उपाध्यक्ष फातिमाले प्रधानमन्त्रीलाई भन्दा पहिला किन भेट्दै छिन् ओलीलाई ?

September 9, 2021 55

बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोलीले आजै दिउँसोदेखि राजनीतिक भेटघाट थाल्ने भएको छ । उपाध्यक्ष फतिमाको पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनी भक्तपुर बालकोटस्थित निवासमा दिउँसो पुग्ने बताइएको छ ।

ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । देशको कार्यकारी प्रमुखलाई छोडेर प्रमुख प्रतिपक्षिदलका नेतालाई फातिमाले किन भेट्दैछिन् भन्ने सर्वत्र चासो बढेको छ । आफुसत्तामा रहदा एमसीसीको पक्षमा छु भनेका ओलीले पछिलो समय बोली फेरेसँगै अब एमसीसी के हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।ओलीको समर्थन बिना एमसीसी पास हुन नसक्ने करिब निश्चित छ ।

त्यसकारण पनि फातिमाले ओलीलाई फकाउन पहिलो भेटनै उनिसँग राखेको कतिपएको बुझाई छ । ओलीको समर्थन बेगर संसद नचलने र संसद अबरुद्ध भए एमसीसी टेबलै हुन नपाउने भएकाले पनि फातिमाको लागि ओली मनाउनु पर्ने एकाखालको चुनौती छ । फातिमाले भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ । नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन् । काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिइन् ।

नेपाल आइपुगेका उपाध्यक्ष सुमार नक्सालस्थित मेरियट होटलमा बस्ने बताइएको छ । उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसीसीबीच सम्झौता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ ।

प्रतिकृया दिनुहोस्