Saturday, September 18

६ जनाकै शवको अन्तिम दहासंस्कार गर्ने बेला देखियो यस्तो अनौठो दृश्य, सारा गाउँनै उर्लिएर गरियो सामुहिक अन्तिम संस्कार

September 9, 2021 107

संखुवासभा घटनामा निधन भएका ६ जनाको इटहरीमा सामुहिक अन्तिम संस्कार गरिएको छ । संखुवासभा मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा एकै घरका ६ जना मृ त फेला परेका थिए । उनीहरुको सामूहिक अन्तिम संस्कार गरिएको हो ।

बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पो ष्टमार्टम सकेर ६जनाकै श वको अन्तिम संस्कार गरिएको हो । आफन्त बिक्रमकुमार कार्कीलेका अनुसार इटहरीस्थित बुढीगंगास्थित मुक्तिघाटमा अन्तिम संस्कार गरिएको हो ।

घटनामा सकुशल रहेका वृद्धका एक नाती तेजबहादुरका छोरा नरेश दुबईबाट बुधबार फर्किए पछि अन्तिम संस्कार गरिएको हो । उनी कान्छो छोरा हुन्। जेठा छोरा रमेश भने मलेसियामा छन्। परिवारका ६ जनाको श व देखेपछि उनले मन थाम्न सकेनन् ।

सोमबार बिहान तेजबहादुरसहित परिवारका ६ जनाको श व फेला परेको थियो। तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा मृ त अवस्थामा फेला परेका थिए।

तर अहिलेसम्म कसले र किन घटना गरायो भन्ने खुलिसकेको छैन। संघीय इकाइ प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली अनुसन्धानमा खटिएका छन्। साथै प्रदेश नम्बर १का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार बिसी घटनास्थल तर्फ गएका छन्।

गाउँमा घटनाका कारण स्थानिय डराएका छन् । साँझ नपर्दै सबै घर भित्र पस्ने गरेका छन् । एक्लै घाँस दाउरा गर्न जान पनि निकै डर लाग्ने गरेको स्थानियले बताएका छन् । पो ष्टमार्टम पछि जब सामुहिक अन्तिम संस्कार गरियो निकै शोकमग्न बातावरण थियो ।
परिवारमा घटना भएको थाहा पाएपछि कान्छा छोरा दुवईवाट फर्किएका हुन् । उनले यस्तो घटनाको कल्पना पनि गरेका थिएनन् । उनी यस्तो दृष्य देखेर निकै भक्कानिए ।

हेर्नुहोस तलको भिडियोमा :-

प्रतिकृया दिनुहोस्