Saturday, September 18

दार्चुला घटनाबारे भारतलाई पठाएको कुटनीतिक नोटमा के छ ?

September 8, 2021 36

सरकारले दार्चुला घटनाका बारेमा भारतलाई औपचारीक रुपमा जानकारी गराएको छ । परराष्ट्र मन्त्रालयले कुटनीतिक नोट पठाएको जनाएको छ । दार्चुला घटना र यसबारे भारतलाई पठाएको कुटनीतिक नोटबारे बुधवार सरकारले संसदलाई जानकारी गराउने भएको छ । बुधबारबाट शुरु हुने संसदको अधिवेशनअन्तर्गत पहिलो बैठकमै गृहमन्त्री बालकृष्ण खाणले त्यसवारे जानकारी दिने भएको हो ।

दार्चुलामा भारतीय एसएसबीले तुइनको तार फुस्काइदिँदा जयसिंह धामी महाकाली नदिमा हराएका थिए । उनी तुईन पार गर्दा बिचमै रहेका बेलामा एसएसबीले तार फुस्काइदिएका हुन् । सो घटनाको एक महिना भैसक्दा पनि सरकारले कुनै पहल नगरेको भन्दै विरोध भइरहेको थियो । घटना अनुसन्धान पछि छानविन समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि भारतलाई औपचारीक नोट पठाएको हो ।

मंगलबार बसेको कांग्रेसको संसदीय दलको बैठकमा मन्त्री खाँणले यससम्बन्धी जानकारी गराएको कांग्रेस सांसदहरूले जानकारी दिएका छन् । गृहमन्त्रीले यसबारेमा सरकारले भारतलाई पठाएको कुटनीतिक नोट, नोटमा समेटिएका विषय र छानविन समितिको प्रतिवेदन लगायतबारे जानकारी गराउने बताएको एक सांसदले जानकारी दिए ।

भारतीय सीमा सुरक्षा बल एसएबीले तुइन खुस्काइदिँदा तुइनबाट महाकाली नदी तरिरहेका दार्चुलाका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका छन् । यसबारेमा सरकारले भारतसँग कुटनीतिक पहल नगरेको भनेर चर्को आलोचना भइरहँदा सरकारले हिजो भारतलाई कुटनीतिक नोट पठाएको बताएको छ । तर नोटमा के के विषय समेटिएको छ र व्यहोरा के कस्तो छ भन्ने सार्वजनिक भइसकेको छैन । यसैबीच संसदीय दलको बैठकले भोलीको बैठकमा अनिवार्य उपस्थित हुन सबै सांसदलाई ह्वीप जारी गरेको छ ।

प्रतिकृया दिनुहोस्