Friday, January 21

सरकारप्रति ओलीको टिप्पणी : अबको १५ महिनापछि यो सरकारलाई कसैले खोजेर पनि भेट्दैन

September 6, 2021 119

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केहि दिनको पाहुना मात्र भएको बताएका छन् ।आज राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले अबको १५ महिनापछि यो सरकारलाई कसैले खोजेर पनि नभेट्ने भन्दै टिप्पणी गरेका छन् ।

‘यो सरकार अलिक दिनको पाुहना हो । यसलाई नेपाली जनताले सकेसम्म छिटो विदा गर्नुपर्छ । तर, छिटो विदा गर्न सकिएन भने पनि हतारिनुपर्दैन् । अर्को मंसिरसम्ममा चुनाव गर्नैपर्छ ‘ ओलीले भने ।एमाले देशभक्त सरकार भएको भनी दावी गरेका उनले पार्टी प्रवेश गर्नेहरुलाई ठूलो टोपी सिलाउ भन्दै ओईलाईजाने टोपी होईन, नओईल्याउने टोपी बनाउनुहोस भनेका छन् ।

प्रतिकृया दिनुहोस्