Tuesday, September 28

ओली १० बुँदे कार्यान्वयन गर्ने सर्तवाट ब्याक भए, यी १० सांसदले गर्नेभए ओलीलाई बाईबाई ?

September 6, 2021 46

एमाले विभाजन गरेर नयाँ पार्टी बनाएपछि माधव नेपालको पार्टीमा जान नदिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा काडए फाले । एमालेलाई १० बुँदे सहमति अनुसार ०७५ जेठ २मा फर्काउने सहमति गर्छु भन्दै माधव नेपालको पक्षमा रहेका मुख्य १० नेताहरुलाई एमालेमा फर्काउन सफल भए ।

सुरु देखि नै माधव नेपालको पक्षमा देखिएका योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले अन्तिममा माधव नेपाललाई धोका दिएर ओलीलाई साथ दिने निष्कर्षमा पुगे । उनीहरुले पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनुपर्ने मुख्य सर्त राखे । त्यो सर्त मान्ने कुरामा ओली सहमत भएपछि उनीहरु माधव नेपालको नयाँ पार्टीमा गएनन् । तर एमाले विभाजन रोक्नकै लागि ओलीले चालेको एउटा चाल मात्र भएको अहिले पुष्टि भएको छ ।

माधव नेपाललाई धोका दिएर ओलीलाई साथ दिन पुगेका नेताहरु आश्चर्यमा परेका छन् । १० बुम्दे सहमतिबाट एमाले अध्यक्ष केपी शर्मा ओली ब्याक भएका छन् । सहमति अनुसार अगाडि बढ्ने भनिए पनि ओलीले त्यसमा कुनै चासो नदेखाएपछि नेताहरू चिन्तित बनेका छन् । यता महासचिव इश्वर पोखरेलले पनि अब एमाले जेठ २ को अवस्थामा फर्कन नसक्ने सार्वजनिक अभिब्यक्ति दिइसकेका छन् ।

ओलीले सहमति कार्यन्वयन नगर्ने देखेपछि मध्यमार्गी नेताहरू तनावमा देखिएको बताइएको छ । कटुतापूर्ण अन्तरविरोधलाई विधिसम्मत अन्त्य गर्ने, २०७५ जेठ २ गतेको अवस्थामा फर्कने, २०७७ फागुन ४ गतेको निर्णयपछि एमालेमा आएकाहरूलाई जिम्मेवारी दिई अन्यलाई पुरानै अवस्थामा राख्ने कार्यदलबीच सहमति भएको थियो ।

उक्त सहमतिको २ नं। बुँदामा पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णय सहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने उल्लेख छ ।

माधव पक्षका नेताहरूले पार्टीलाई एकतावद्ध गर्ने नाममा सोही बुँदाका आधारमा एमालेमा आफ्नो भूमिका सुनिश्चितताको सपना बुन्दै माधव नेपाललाई छोडेर अध्यक्ष ओलीलाई साथ दिन पुगेका थिए । अध्यक्ष ओलीले बारम्बार १० बुँदे कार्यान्वयन गरेर जाने विश्वास पनि दिलाएका थिए ।

दार्चुला तुइन घटनाका बारेमा बिहिवार निकालिएको वक्तव्यमा पनि प्रचार विभाग प्रमुखका हैसियतमा प्रवक्ता प्रदीप नेपालद्वारा हस्ताक्षरित वक्तव्य सार्वजनिक भएको छ । यसबाट अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयनमा सकारात्मक छैनन् भन्ने देखिएको छ ।

हेर्नुहोस् एमाले पार्टी एकताका लागि कार्यदलले तयार पारेको १० बुँदेः–

१। केही समययता पार्टीका आन्तरिक अन्तरविरोधरू पार्टीको दायराभन्दा बाहिर पुगेका छन् र कतिपय सन्दर्भमा कटुतापूर्ण तथा एकअर्काप्रति निषेधात्मक बन्दै गएका छन् । यस्ता अन्तरविरोधहरुलाई पार्टी भित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएका छौं ।

२ । पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको ९जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरु मनोनयन गर्ने निर्णय सहित० संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन् ।

३ । २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा ९एमाले० पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनैपनि तर्फका राजनीतिक र संगठनात्मक काम कार्यवाहीहरू स्वतः बदर भएका छन् ।

४ । २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला पछि नेकपा ९एमाले० मा रहने कमरेडहरूको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ । अन्य कमरेडहरूलाई उहाँहरू नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा रहँदा सरहको कमिटीमा संगठित गरिने छ ।

५ । पार्टीमा महत्वपूर्ण योगदान गर्नु भएका कमरेडहरूलाई मौजुदा केन्द्रीय कमिटीको कूल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिनेछ ।

६ । प्रतिनिधिसभाको विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णय अनुरूप हामी अगाडि बढ्नेछौ ।

७ । पार्टी तथा जनसंगठनहरू पूर्ववत अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुनसक्ने समस्याको निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गरिनेछ ।

८ । यी निर्णयहरू आवश्यकता अनुसार अनुमोदनका लागि यथाशीघ्र विधान महधिवेशन आयोजना गरी प्रस्तुत गरिने छ ।

९ । पार्टी, संसदीय दल र जनसंगठनहरुलाई विधि र पद्धतिसम्मत किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गरिनेछ । यसका लागि एकताबद्ध भई आ९आफ्नो स्थानबाट सक्रियतापूर्वक योगदान गर्न समस्त पार्टी पक्तिलाई आव्हान गरिएको छ ।

१० । कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठक आयोजना गर्न अध्यक्ष एवम् महासचिव कमरेडलाई अनुरोध गर्ने ।

प्रतिकृया दिनुहोस्