Tuesday, September 28

यति महँगो रेट, ढोकामा अत्याधुनिक लक कोड र एकाउन्टेन्टनै राखेर काठमाडौंको अपार्टमेन्टमा यौ’नध’न्दा

September 6, 2021 62

प्रहरी नै ग्राहक बनेर ललितपुर महानगरपालिकाको कासाबेल अपार्टमेन्टको ५ औं तल्लामा गएपछी बाहिरियो यस्तो घटना जुन अपार्टमेन्टमा पुग्दा प्रहरी नै चकित पर्ने कस्तो छ त यो घट्ना ?प्रहरी ग्राहक बनेर अपार्टमेन्टमा पुगेपछि जब उनीहरुले प्रहरी ग्राहक नभएको थाहा पाएपछि उनीहरु तित्तरवित्तर भएका छन। अपार्टमेन्ट ग्राहक बोलाउने र धन्दा चलाउने कार्यालय बनाएको थियो ।

कोठाभित्र छिर्दा रक्सिका बोत्तल, अस्थायी साधन र लुगा छरपस्ट थिए । प्रहरी भएको थाहा पाएपछि सबैले आफ्नो परिचय लुकाउन नातेदार भएको बहाना बनाउनु परेको थियो । प्रहरीका अनुसार उनीहरुले अपार्टमेन्टमा यौ’नध’न्दा मात्र चलाएका थिएनन्, कमाएको पैसा मिटरब्याजमा लगाउने गरेका रहेछन् । यसका साथै उनीहरु मानव बेचबिखनमा समेत संलग्न रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

यौ’नध’न्दामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सफल भए पनि मानव बे’च’विखनमा संलग्नलाई पक्राउ पूर्जी जारी गरेर खोजी भइरहेको प्रहरी जनाएको छ । अत्याधुनिक प्रविधिबाट बनाइएको ढोकाबाट भित्र छिर्नु र बाहिरिनुअघि त्यहाँ सुरक्षित पासवर्ड जडान गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ढोकाबाट भित्र ल्याउने र बाहिर लैजान काम ग्राहक बनेर गएको महिलाले नै सम्हालेकी रहेछिन् ।

त्यसो त, प्रहरीले अकाउन्टेन्ट (लेखापाल)लाई राखेर हिसाबकिताव मिलान गर्न लगाएको पनि भेटिएको जनाएको छ । हालसम्म अपार्टमेन्टमा कति ग्राहक लगिन्थ्यो ? आउँथे ? भन्नेबारेमा प्रहरीले अनुसन्धानमा फेला पारेको जनाएको छ ।

अकाउन्टेन्टको फायलअनुसार ३ वटा छुट्टाछुट्टै बुकिङ गरिएको फायल भेटिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार एकजना ग्राहक यौ’न स’म्पर्क’बापत् ३ हजारदेखि १५ हजारसम्म लिने र कमिसन बापत् ल्याउनेलाई २५ प्रतिशत दिने गरिएको रहेछ ।

अपार्टमेन्टको ढोका नै पुग्न ६ महिना लागेको प्रहरीले भदौ १ गते ७ जनालाई पक्राउ गरिसकेको छ । हाल हिरासतमा रहेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरुमा हेटौँडाकी ४२ वर्षीया गीता खड्गी, झापाका ५० वर्षीय राजेश अग्रवाल, रुकुमकी २३ वर्षीया ललिता बिक, बर्दियाकी २९ वर्षीय सुनिल विष्ट, काठमाडौं बालाजुकी क्रिष्टिना केसी, सिन्धुपाल्चोककी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौतीका ३३ वर्षीय प्रतीक कर्माचार्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्