Saturday, September 18

अर्थमन्त्रीले छोरी बनाएको बालिकालाई वडाध्यक्ष र उनका छोराले..?

September 6, 2021 70

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– १० का वडाअध्यक्ष गंगाराम चनाराका छोरा कुश्माखर चनारालाई गम्भिर आरोप लागेको छ । उनलाई एक बालिका कर णी को आरोप लागेको हो । १५ वर्षकी बालिकाले त्यस्तो आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् । उनी अहिले पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीका अनुसार बालगृहमा बस्दै आएकी बालिकाले आइतबार प्रहरीमा उजुरी दिएकी हुन् ।

उजुरीमा बालिकाले कुश्माखरका बुवा गंगाराम र आमा सुनिता चनारालाई पनि श्रम शो ष ण गरेको आरोप लगाएकी छन् । उनी गर्भवती छन् । दश हप्ताको बच्चा उनको पेटमा हुकिएरहेको बालिकाले बताएकी छन् ।

ति युवाले आफुलाई २ वर्ष देखि पी डि त बनाएको आरोप लगाएकी छन् । अर्थमन्त्री जनार्दन शर्माले ३ वर्ष पहिले ति बालिकाको अभिभावकत्व लिएका थिए । अर्थमन्त्रीकै संरक्षणमा ती बालिकालाई सिस्ने हिमाल बालगृहमा भर्ना गरीएको थियो ।

बालिकाले दिएको जाहेरी अनुसार २०७७ साल चैतको अन्तिममा लकडाउनको बहानामा बालगृह सन्चालिका सुनिताले आठबिसकोट १० स्थित घरमा लगी काममा लगाउने गरेकी थिइन् । वडा अध्यक्षले गरेको ओखर खेतीमा पानी हाल्ने र ब्रोइलर कुखुरापालनको काममा चारो हाल्न नियमित लगाएको उल्लेख छ ।

‘कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडा अध्यक्ष गंगाराम र सन्चालिका सुनिताको कान्छो छोरा कुश्माकर चनारा ९रवि०ले पछाडिबाट आएर मुख थु नी क र णी गरेको बालिकाको आरोप छ । अहिले महिनावारीसमेत रोकिएको भन्दै ती बालिकाले गर्भ रहेको जनाएकी छन् ।’

उनले नगरपालिकाको न्यायिक समितिमा दिएको निवेदनका आधारमा भदौ १९ गते आठबिसकोटको नगर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । जाँचमा बालिका गर्भवती रहेको देखिएको हो । उनको पेटमा रहेको बच्चा ९ देखि १० हप्ताको रहेको तथ्य रिपोर्टले देखाएको छ ।

प्रतिकृया दिनुहोस्