Thursday, October 21

पहिले धितो नक्कली दाबी, उजुरी परेपछि महालक्ष्मी बैंकले २५ तोला सुन फिर्ता गर्यो

September 5, 2021 88

ललितपुरकी विष्णु महर्जनले २०७२ फागुनमा ऋण लिँदा राखेको धितो बराबरको २५ तोला सुन फिर्ता पाएकी छन् । ६ वर्ष अघि उनले २५ तोला सुन बैंकमा धितो राखेकी थिइन् ।

साँवा ब्याज पनि तिर्दै गइन् । ६ वर्ष अघि १४ लाख रुपैया ऋण लिएको भएपनि उनले साँवा पनि घटाउँदै गएकी थिइन् ।

काठमाडौको महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखामा राखेको सो सुन महिलाले सावाँ ब्याज सबै तिरेपछि बैंकले नक्कली सुन रहेछ भनेपछि ऋणी महिला प्रहरीकहाँ पुगेकी थिइन् ।

तर अहिले नेपाल राष्ट्र बैंक र प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएपछि बैंकले सुन फिर्ता दिएको हो । आइतबार विज्ञप्ति जारी गर्दै बैंकले कर्जाको विधि र प्रक्रिया पूरा गर्न समय लागेको भन्दै धितो फिर्ता गरिएको बताएको छ ।

प्रतिकृया दिनुहोस्