Tuesday, September 28

जयसिंह धामी घटनामा छानबिन समितिको प्रतिवेदन : एसएसबीका दुई अधिकारीले तुइनको तार फुस्काएकै हुन्

September 5, 2021 76

दार्चुलामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइनको तार फुस्काउँदा दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर–२, खाङदाङस्थित माल बस्ने जयसिंह धामी महाकालीमा खसेको घटनाबारे प्रतिवेदन सार्वजनिक भएको छ । सरकारले छानविन समिती गठन गरेको थियो । समितिले तयार पारेको प्रतिवेदनमा एसएबीलाई दो षी देखाइएको छ ।

प्रतिवेदन सार्वजनिक नहुँदा र भारतलाई नेपालले यसवारे औपचारीक रुपमा कुराकानी नगर्दा स्थानिय स्तरवाट विरोध भएको छ । साउन १५ मा महाकालीमा बेपत्ता भएका धामी अझै फेला परेका छैनन् । गृहमन्त्री बालकृष्ण खाणले सहसचिव जनार्दन गौतमको नेतृत्वमा समिति गठन गरेका थिए । गौतम नेतृत्वको समितिले करिब १ महिनापछि प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनले घटनामा प्रत्यक्ष रुपमा सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता रहेको उल्लेख गरिएको छ । यो निष्कर्ष सहित अब नेपालले भारतसंग कुटनैतिक रुपमा यसवारे प्रश्न उठाउनुपर्ने देखिएको छ । साउन १५ मा जयसिंह भन्दा पहिले चारजना तुइनवाट महाकाली पार गरेका थिए । जयसिंह पाँचौ नम्बरमा तुइन तर्दै थिए । नेपालतर्फ खाँबो गा डे र तुइन अडाइएको थियो । पारीपट्टी भारतको गस्कु ईलाकामा रुखमा तुइनको लठ्ठा बाँ धि एको थियो ।

‘जयसिंह तुइनको लगभग अन्तिम बिन्दुमा पुग्दै थिए, त्यहिबेला भारततर्फबाट ओरालो बाटो झरेर आएका दुईजना सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीले रुखको फेदभन्दा केही माथि बानेको लठ्ठा फुस्काउँदा जयसिंह महाकाली नदीको भेलमा झरे ।’

सो दृश्य नेपालतर्फ रहेका तुइन सञ्चालक सहित ३ जनाले देखेका थिए । उनीहरुसंग गरिएको कुराकानीका आधारमा प्रतिवेदनमा यो कुरा उल्लेख गरिएको छ । ‘जयसिंहभन्दा अगाडि तुइनबाट महाकाली तरेकासँग चाहिँ सशस्त्र सीमा बलको भेट भएन । चारजना हिँडिसकेपछि एसएसबीका दुईजना प्रहरी आएर तार खुस्काउँदा सो घटना भएको छानबिन समितिको निष्कर्ष छ । भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकलाई सीमानामा ‘दोस्रो दर्जाको नागरिक’को ब्यवहार गर्ने गरेको पनि समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।

प्रतिकृया दिनुहोस्