Tuesday, September 28

मनदेखि नै धन्यवाद दिएको सिद्धार्थ शुक्लाको अन्तिम ‘पोस्ट’ भाइरल

September 4, 2021 122

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएपछि अहले सिंगो बलिउड सोकमा छ । उनको हृ’दयघा’तका कारण निधन भएको भन्ने समाचार अहिले बाहिर आएको छ । ४० वर्षको उमेरमा सिद्धार्थको निधन भएसंगै यो घट्ना अहिले चर्चामा छ ।

उनको पार्थिव शरीरलाई हिजै अन्त्यष्टि गरिसकेका छन् । भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औ’षधि खा’एर सु’तेका थिए । तर, उनले कस्तो प्रकारको औ’ष’धि से’वन गरेका थिए भन्ने खुलेको छैन ।

सिद्धार्थ शुक्लाको निधनपछि बलिउड स्त’ब्ध भएको छ । कलाकारहरुले उनको निधनमा दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् ।

उनको निधन पश्चात उनको अन्तिम इन्स्टाग्राम पोस्ट भाइरल भइरहेको छ । उनले गत अगस्ट २४ मा तस्बिर सेयर गर्दै फ्रन्टलाइनमा काम गर्नेहरुलाई धन्यवाद दिएका थिए । उनले लेखेका छन्, ‘सबै अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई मनदेखि नै धन्यवाद । तपाईंहरु आफ्नो जीवनलाई जोखिममा राखेर लामो समय काम गरेर बिरामीहरुलाई सहज जीवन दिने प्रयास गर्दागर्दै आफ्नो परिवारसँग रहन पाउनुहुँदैन । तपाईंहरु वास्तवमा महान हुनुहुन्छ ।’

उनले अगाडि लेखेका छन्, ‘अग्रपंक्तिमा रहन सहज छैन । तर वास्तवमा तपाईंहरुको प्रयास सह्रानिय छ । #MumbaiDiariesOnPrime यी सुपरहिरोका लागि सेतो टोपी, नर्सिङ स्टाफ र उनीहरुको अतुलनीय बलिदानका लागि एक श्रद्धाञ्जली । २५ अगस्ट ट्रेलर आउट #TheHeroesWeOwe.’

सिद्धार्थ ‘बीग बोस-१३’को विजेतासमेत बनेका थिए । सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । यसपछि, उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए ।

सिद्धार्थले अभिनय गरेका ‘ब्रोकन बट ब्युटिफुल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए । उनले ‘फियर फ्याक्टर ७’को समेत उपाधि जितेका थिए । सिद्धार्थले ‘सावधान इन्डिया र इन्डिया गट ट्यालेन्ट’ लगायतका शोको होस्टसमेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्