Saturday, September 18

एमाले छाडेका वामदेव गौतमको सांसद पद के हुन्छ ?

September 4, 2021 49

वामदेव गौतमले एमाले छाडे पनि उनको सांसद पद नजाने भएको छ । गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन् । ‘राजनीतिक दलबाट निर्वाचित सांसदहरूले दल त्यागेमा उनीहरूको पद जान्छ तर गौतम दलबाट मनोनीत नभएका कारणले पार्टी छोडे पनि पद सुरक्षित रहन्छ’ संविधानविद् भीमार्जुन आचार्यले भने ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनीत गर्ने तीन जना सांसदमध्ये गौतम प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया १ बाट पराजित भएका व्यक्ति हुन् । प्रतिनिधिसभाको त्यही कार्याकालभित्र घुमाउरो बाटोबाट संघीय संसद्मा‌ प्रवेश गरेको भन्दै गौतमको मनोनयनविरुद्ध दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । गौतमलाई मनोनयन गर्नेबेलामा तत्कालीन नेकपा नेतृत्वको सरकार थियो । अहिले उक्त पार्टीको अस्तित्व छैन ।

प्रतिकृया दिनुहोस्