Tuesday, September 28

प्रचण्डकी नातिनी यसरी अर्जुनसँग रोमान्स गर्दै

September 3, 2021 73

नेपाली गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । भारतको प्रतिष्ठित कम्पनी टि-सिरिजको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट शुक्रवार उनको आवाजमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’ जस्ता चर्चित गीतका गायक शबाब सबरीले साथ दिएका छन् ।

भिडियोलाई राजीव एस. रुयाले निर्देशन गरेका हुन् । उनले अहिलेसम्म २ सयभन्दा बढी भारतीय गीतको भिडियो निर्देशन गरिसकेका छन् । गीतको भिडियो पनि बनेको छ । जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । गीतको भिडियोमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ ।

गीतको भिडियोमा भारतको देहरादुनको मसुरु र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ । जेस्टिन कृयटिभ स्पार्कको ब्यानरमा बनेको भिडियोको कार्यकारी निर्माता सुप्रिया पुल पण्डियन छिन । निर्मात्री यादबले गीतमा निकै मोटो रकम खर्च बताईन । गीतको भिडियो पक्ष र अडियो पक्ष अत्यन्त बलियो भएकाले दर्शकलाई मनपर्ने उनको बिश्वास छ । उनि अब नेपाली गीत पनि निर्माण गर्ने सोचमा छिन ।

प्रतिकृया दिनुहोस्