Tuesday, September 28

सिद्धार्थको मृत्युको खबर थाहापाएपछी उनकी प्रेमिका शहनाजको स्वास्थ्य अवस्था नाजुक बन्दै

September 3, 2021 104

बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको बिहीबार भएको अ सा मयिक निधनले उनका धेरै फ्यानहरुलाई दुखि बनाएको छ। उनको निधनले परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्त ब्ध पा रि दिएकोछ ।

उनका फ्यानहरु भारत मा मात्र नभई नेपालमा पनि धेरै छन । उनको केहि फ्यानले उनको निधनपछि टिकटकमा रोएको भिडियो हालेर धेरै भाईरल बनेका छन । त्यस्तै उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि विग्रिएको भारतीय मिडियाले जनाएको छ । शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी छिन् । उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् । सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो ।

‘बीग बोस १३’बाट उनीहरुको के मेष्ट्री बलियो बनेको थियो । यो शोबाट बाहिरिएपछि सिद्धार्थ र शहनाजले एक अर्कालाई डेट गरिरहेको भारतीय मिडियाले जनाएको छ । एक अनलाइन न्यूज पोर्टलसँग कुरा गर्दै शहनाजका पिता सन्तोष सिंहले शहनाजको अवस्था ठिक नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन । जे भयो यसमा हामीलाई कुनै पनि विश्वास छैन । मैले शहनाजसँग कुरा गरेको थिएँ । उनी ठिक छैनन् । मेरो छोरा शहबाज शहनाजसँगै रहन मुम्बई प्रस्थान गरिसकेका छन् ।’

‘बीग बोस १३’ पछि शहनाज गिलले सिद्धार्थप्रति थुप्रै पटक विभिन्न टेलिभिजन कार्यक्रममा आफ्नो प्रेम व्यक्त गरेकी थिइन् । सिद्धार्थ र शहनाजको सामाजिक संजालमा लोभलाग्दो फ्यान फलोअर्स समेत छन् । सिद्धार्थका नजिकका साथी अबू मलिकले शहनाजको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित भएको भारतीय मिडियासँग प्रतिक्रिया दिएका छन् । सिद्धार्थ र शहनाजले एक अर्कालाई निक्कै माया गर्ने गरेको अबूले बताएका छन् । शहनाजले सिद्धार्थसँग चाडै नै बिहे समेत गर्न चाहेको अबूले बताएका छन् ।

प्रतिकृया दिनुहोस्