Tuesday, October 26

नेपाल विद्युत प्राधिकरणमा ठूलो मात्रामा कर्मचारी चाहियो, कसरी भर्ने फाराम ? (सूचना हेर्नुस्)

September 3, 2021 61

बेरोजगार र शिक्षित युवायुवतीहरुका लागि जागिरको अवसर खुलेको छ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

इच्छुक ब्यक्तिहरुले नेपाल विद्युत प्राधिकरणको वेवसाइटमा गएर फाराम भर्न सक्ने सूचनामा जनाइएको छ । आवश्यक शैक्षिक योग्यता र पदको बारेमा सूचनामा विस्तृत विवरण दिइएको छ । परिक्षाको किसीम लिखित र अन्तरवार्ता दुवै हुनेछ । परिक्षा दस्तुर पनि बझाउनुपर्नेछ ।

यो अर्को समाचार, आगामी चुनावसम्मै गठबन्धन कायम राख्ने सहमति गरेका सत्ता साझेदार दलबीच गडबड सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० अनुमोदन गर्ने प्रस्ताव र चीनसँगको सीमा विवादबारे अध्ययन गर्न टोली गठन गर्ने निर्णय गरेपछि गठबन्धनमा खटपट देखिएको हो।

देउवालाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीको समर्थन छ। उनी असार २९ प्रधानमन्त्री बनेका थिए।

तर, उनी प्रधानमन्त्री भएको ५२ दिनमै गठबन्धनमा असन्तुष्टि देखिन थालेको हो। अहिलेसम्म सरकारले पूर्णता समेत पाउन सकेको छैन। अहिले कांग्रेसबाट ४ र माओवादी केन्द्रबाट २ जना मात्र सरकारमा छन्। यद्यपि यी विषयले अहिले नै विवादको स्वरुप भने लिइनसकेको नेताहरुले बताएका छन्।

प्रतिकृया दिनुहोस्