Thursday, October 21

जयसिंह धामी घटनामा भारतले भन्यो, ‘हामीलाई नेपालले केही भनेको छैन केही थाहा छैन’

September 3, 2021 100

दार्चुलाका जयसिंह धामी घटनामा नेपालले आफुहरुलाई कुनै जानकारी नदिएका कारण तुइन घटनाबारे जानकारी नभएको भारतले जनाएको छ । नेपालबाट कुनै औपचारीक जानकारी नआएको भारतले स्पष्ट पारेको छ । त्यसैले आफूलाई केही थाहा नभएको भारतले बताएको छ । दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा नेपाली युवा जयसिंह धामी बेपत्ता भएका थिए ।

तर, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले यस्तो प्रतिकृया दिएका हुन् । नेपालले सो घटनाको स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छैन । भारतसंग यस विषयमा कुटनैतिक कुराकानी पनि भएको छैन। उनले यसबारे मिडियामा थाहा भए पनि आफूहरुलाई औपचारिक जानकारी नआएकाले केही बोल्न नमिल्ने पनि बताएका छन् ।

‘नेपालले केही भनेको छैन, यसबारे केही थाहा छैन,’ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल सरकारबाट केही जानकारी आइनसकेकाले यसबारे केही भन्न सकिँदैन ।’

उनले यसबारे नेपालमा के भएको हो भन्ने विषयमा र भारतमा पनि यसको छानबिन भएको या नभएको विषयमा पनि आफूहरुलाई केही थाहा नभएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्