Saturday, September 18

अभिनेत्री निशा घिमिरेको अन्त्येष्टि, घटनाको छानविन गर्न कलाकारको माग

September 2, 2021 90

उपचारका क्रममा निधन भएकी अभिनेत्री निशा घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको बिहीबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिएको हो। उपचारका क्रममा बुधबार नर्भिक अस्पतालमा निधन भएको थियो । तीन वर्षअघि अध्ययनका लागि भारत गएकी निशाको कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन्।

निशा घिमिरे संरक्षण कोषले दाहासंस्कार गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट परिसरमा राखेको थियो। उनलाई श्रद्धाञ्जली दिन कलाकार तथा चलचित्रकर्मीको उपस्थित थियो।

चलचित्र कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको कार्यक्रममा कलाकर्मीको न्यून उपस्थिति थियो । श्रद्धाञ्जली कार्यक्रममा कलाकारको न्यून उपस्थिति रहेको भन्दै सहभागीले गुनासो गरेको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए । निरौलाले भने, ‘सहभागी अधिकांशले देहरादूनमा भएको निशाको दुर्घटनाको कुटनीतिक तवरबाट छानविन हुनुपर्ने माग राखे ।’

आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या भएको थियो । लामो समयदेखि घरमै उनी अचेत अवस्थामा थिइन् । उनलाई नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरी निःशुल्क उपचार सुरु गरेकी थिइन् ।

भोजपुरी फिल्मलगायत केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोकदोहोरी र म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी छन् ।

प्रतिकृया दिनुहोस्