Tuesday, September 28

काठमाडौं– १९ का वडाध्यक्षको निधन, भोलि काठमाडौंमा शोक विदा

September 2, 2021 53

काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ ।

तीन महिनाअघि मात्र उहाँमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गर्नुभएका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो ।

विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय हुनुभएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको वडा सदस्य मधुसुदन प्रधानले राससलाई जानकारी दिनुभयो । पञ्चायतकालमा पनि उहाँ वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि शुक्रबार एक दिन शोक विदा दिने भएको छ । उंहाको शव भोलि विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिनेछ ।

नर्भिक अस्पतालबाट शुक्रबार बिहान श्रद्धाञ्जलिका लागि उहाँको शव वडा कार्यालयमा लगिने छ । दिउँसो पशुपति आर्यघाटमा लगी अन्तिम संस्कार गरिने कार्यक्रम तय गरिएको पनि वडा सदस्य प्रधानले बताउनुभयो

प्रतिकृया दिनुहोस्