Monday, December 6

डिभोर्स गरेकी युवतीसंग प्रेम परेका युवक जब तड्पी तड्पी…….

September 2, 2021 108

कसोकसो मसँग एकजना महिला ठोक्किन आइपुगी। उसको पारपाचुके (डिभोर्स) भइसकेको थियो। मलाई उसको सबै कुरा थाहा थियो तापनि म उसलाई माया गर्थेँ। उसको तर्फबाट पाउनुपर्ने माया भने मैले पाउन सकिनँ। यस विषयमा हाम्रो निकै पटक झ’गडा पनि हुन्थ्यो। उसप्रतिको मेरो लगाव देखेर साथीहरुले उसलाई छाडिदिन सुझाव नदिएका होइनन् तर मैले उसलाई छाड्नुभन्दा सानो बन्नु नै राम्रो लाग्यो। त्यसैले ऊसित माफी मागेँ र फेरि सम्बन्ध विस्तार गरेँ।

केही दिनपछि हाम्रो फेरि झ’गडा भयो। कारण त केही पनि थिएन। कारण थियो, पबजी। पबजीमा ऊ मसँग भन्दा अरु केटाहरुसँग बिजी हुन्थी। खासमा मलाई दिनुपर्ने समय अरुलाई दिएकोमा मलाई चित्त बुझेको थिएन। पब्जी खेल्नु र नानाथरीका केटाहरुसँग त्यहाँ गफ गर्दै दिन बिताउनु उसको दिनचर्या थियो। मलाई भने त्यस्तो गरेको मन पर्दैनथ्यो। झ’गडा हुँदा जहिले पनि ‘तँ जस्तालाई त म थु’केर जान्छु’ भन्थी र मुखमा आएजति सबै कुरा बक्थी।

तर पनि खोई किन हो उही मन पर्थी। उसको गा’ली सुनेको एक हप्तासम्म बोल्न पनि मन लाग्दैनथ्यो। अन्तिममा म आफैँ ऊसँग सरी भन्थेँ र सम्बन्ध सामान्य बनाउने प्रयास गर्थेँ। यसरी नै दिनहरु बितिरहेका थिए। यसको केही दिनपछि कुरैकुरामा रि’सको झों’कमा म उसँग कराएँ। त्यसको चार घण्टापछि मैले उसलाई सयभन्दा बढी कल गरेँ। अनेक पटक म्यासेज पठाएँ। त्यसपछि उसको मन पग्लियो क्यार, फोन उठाई। उठाउनेबित्तिकै उसले भनी, ‘तेरो माया देखेर घिन लाग्छ।’

उसको यस्तो वचन सुनेर म अवाक् भएँ। म भित्रभित्रै टु’टिसकेको थिएँ, उसको व्यवहार देखेर। त्यसैले रि’सको झों’कमा मैले उसलाई भनिदिएँ, ‘तँ मेरो माया पाउन लायक पनि छैनस्।’

मेरो कुरा सुन्नेबित्तिकै उसले फोन काटी। त्यसपछिका १० दिनसम्म हाम्रो बोलचाल भएन। १० दिनपछि भने आफैँलाई दिक्क लाग्यो र फेरि उसलाई सरी भन्दै बोलाउन खोजेँ। माफी त दिई तर ज्यादै इ’ग्नोर गर्न थाली। अरुसँग घण्टौँ गेम खेल्दै बस्छे। मैले जतिसुकै पटक नखेल्न आग्रह गर्दा पनि मान्दिन। बरु मैसँग खेल न त भन्दा पनि ऊ मान्दिन।

मेरो समस्या उसले पबजी खेल्छे भन्ने होइन। त्योभन्दा ठूलो समस्या म उसलाई छोड्न पनि सक्तिनँ। म उसलाई आफूलाई भन्दा बढी माया गर्छु। फेरि पनि फकाएँ। सबै कुरा राम्रै हुँदै थियो। म साह्रै भाग्यमानी रहेँछु। त्यही बेला डिभी प-यो। म ऊसँग बिहे गरेर उसलाई पनि आफूसँगै अमेरिका लैजाने ताकमा थिएँ।

म इञ्जिनियरिङको विद्यार्थी हुँ। घरको आर्थिक अवस्था पनि राम्रै छ। तर ऊ डिभोर्सी भएका कारण घरमा बुबाआमाले मान्नु भएको थिएन। मैले उसलाई फकाएर अमेरिका जान मनाएँ। लुकेर पेपर म्यारिज गर्ने भनेको थिएँ तर ऊ मेरो कुरा सुनेर खुसी भइन। उसले भनी, ‘मलाई तिमीसँग जानु छैन।’

उसको कुरा सुनेर म त छाँगोबाट खसेँ। उसलाई खुसी बनाउन र मसँग आओस् भनेर कयौँ प्रयास गरेँ तर मेरा सारा कोसिस बेकार भए। मैले एक दिन सोधेँ, ‘के तिमी अरु नै कसैलाई प्रेम गर्छौ ? गर्छौ भने भन।’ तर ढुंगा बोल्ला ऊ बोलिन।

उसको मौनता मेरा लागि वज्रसमान भयो। मैले आँशु थाम्न सकिनँ। मसँग केही शब्द थिएन। त्यसपछि मैले फोन का’टिदिएँ। मैले आफूलाई सम्हाल्नै सकिनँ। उसको सम्झनामा रातभर रुँदै गीत सुन्दै बिताएँ। फेरि सोचेँ, भोलिबाट सबै ठीक हुन्छ। उसले ढाँटेकी होला भन्ने मनमा लाग्यो। बिहान हुनेबित्तिकै फोन गरँे। ऊ त भन्छे, ‘तिमीसँग बोल्नु छैन किन फोन गरिरा ?’

अहिले त उसले मलाई फेसबुक, मोबाइल सबैतिर ब्लक गरेकी छ। मलाई उसको यादले हरपल सताउँछ। न त अहिले बोल्न नै सक्छु न केही सम्झाउन नै। मैले केही नगरे पनि सजाय भोग्दैछु। अब म के गरुँ ? ऊ बिना त बाँच्न पनि सक्दिनँ होला !

प्रतिकृया दिनुहोस्