Saturday, September 25

नेपालगञ्जमा सपिङ गरेर दाङ फर्कदै गरेका ४ महिला खोलाले कार बगाउँदा सधैकाे लागि अस्ताए

September 2, 2021 92

दाङमा खोलाले कार बगाउँदा चार जना महिलाको मृcत्यु भएको छ भने एकजना चालक गcम्भीर घाcइते भएका छन् ।जिल्लाकाे घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलाले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा ४ महिलाकाे ज्यान गएकाे हाे । कारलाइ खाेलाले गएराति करिब १० बजेर ५० मिनेटमा बगाएको थियो ।

खोलाले कार बगाउँदा घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर, सोही ठाउँकी ४३ वर्षीया बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।मृ तक राधा र शुसिला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडा सदस्य जगत श्रेष्ठका छोरीहरु हुन ।

ग’म्भीर घा’इते हुनेमा कारका चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन रहेका छन् । उनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चोट लागेको छ। उनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।खोलाले बगाएकाहरूको श’व झन्डै तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फेला परेकाे हाे ।

उनीहरूमध्ये दुई जना चालकका आफन्त हुन् । उनीहरू नेपालगञ्जमा सपिङ गरेर फर्कंदै गर्दा खोलामा आएको भे’लमा परेका थिए । श’वलाई पोस्टमार्टमका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। तस्बिरः कुलदिप न्याैपाने

प्रतिकृया दिनुहोस्