Friday, December 3

बामदेव गौतमले पनि नयाँ पार्टी खोल्ने ! यस्तो हुँदैछ तयारी

March 18, 2021 145

नेकपा एमाले एकता अभियान सुरु गरेका नेता बामदेव गौतमले निकट भविश्यमै अलग दल बनाउने तयारीमा जुटेका छन् । उनले नेकपा एमाले फु ट्ने निश्चितप्राय भएपछि दुबै गुटमा नलागी आफ्नै पार्टी निर्माण गर्न लागेका हुन् ।गौतम नेतृत्वको एकता अभियानले मंगलबार काठमाण्डौमा एक भेला आयोजना गरेको थियो । एमाले फु ट्ने निश्चितप्रायः भएपछि उनी कुनैपनि समूहमा नलागी अलग समूह बनाएर बस्ने तयारीमा बसेका हुन् ।

रिपार्टस् नेपालमा छापिएको समाचार अनुसार गौतम सकभर फागुन २८ गते अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सच्याउन लाग्ने गरी सक्रिय भएका छन् । ओलीले कदम सच्याएर पार्टी एक हुनसक्ने उनको बुझाई छ । अध्यक्ष र महासचिवबाहेकका निर्वाचित पदाधिकारी नै खारेज गर्ने ओलीको कदम नसच्चिए एमाले फु ट्ने गौतम पक्षको निष्कर्ष रहेको छ ।

नेकपा एकता अभियानको भेलाले ओलीको कदम नसच्चिए एमाले फु ट्ने र त्यतिबेला कस्तो कदम चाल्नेबारे समेत छलफल गरी सुझाव दिएको छ । जसमा एक समूहले माधव नेपाल-झलनाथ खनालको समूहमा जोडिन भनेको छ । तर, अधिकांशले एकता अभियानलाई यथावत् राखेर छुट्टै ढंगले बढ्न सम्झाएको छ ।गौतमले पनि कुनै पनि समूहमा नलागी आफ्नो छुट्टै समूहलाई सक्रिय बनाउने तयारी गरेका छन् । त्यो अभियानमा सिमित हुने या दलका रुपमा समेत दर्ता हुनसक्ने बुझिएको छ ।

यसैगरी, नेपाल खनाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा गौतम समूहका केही नेताहरु पनि पुगेका छन् । उनीहरु अवस्थालाई विश्लेषण गरी कदम चाल्ने गरी गौतमलाई सुझाव दिने गरी तयारीमा रहेको समाचार रिपोर्टस् नेपालमा छ ।

प्रतिकृया दिनुहोस्