Tuesday, September 28

सनी देवलका कारण थुप्रै नायीकाले फिल्म खेल्न किन मानेनन् ? सुपर हिट फिल्म गदर २० वर्ष पुगेको दिन फिल्म निर्देशकले खुलाए यस्तो रहस्य

September 1, 2021 60

बलिउड अभिनेता सनी देवलको आफ्नै स्थान छ । उनी वास्तवमै निकै क्लीन र सादगी अभिनेता हुन् । जतिबेला उनी बलिउडमा काम गर्दै थिए त्यतीबेला उनका समकालिन नायीकाहरुले उनलाई नायकका रुपमा गन्दैनथे । नायीकाहरु उनीसंग फिल्म खेल्न नै मान्दैनथे । सनी देवलले अभिनय गरेको ‘गदर, एक प्रेम कथाले २० वर्ष पुरा गरेको अवसरमा सो फिल्मका निर्माताले यो कुराको खुलासा गरेका छन् ।

सन् २००१ मा रिलिज भएको थियो र यो त्यस वर्षको सबैभन्दा हिट फिल्म थियो । यो फिल्मका कारण थुप्रै दं गा भएको पनि बताइन्थ्यो । यहि फिल्मवाट नायीका अमिशा पटेल पनि हिट भइन् । उनले त्यसपछि पनि थुप्रै फिल्ममा अभिनय गर्ने मौका पाइन् ।

यो फिल्मले २० वर्ष पूरा भएको मौकामा यो फिल्मका निर्देशक अनिल शर्माले अन्तरवार्तामार्फत् सनी देओल बारे यो कुरा खुलासा गरेका थिए । अनिल शर्माले आफ्नो अन्तरवार्तामा भनेका थिए, ‘यो फिल्मका लागि थुप्रै नायिकालाई प्रस्ताव गरिएको थियो तर विभिन्न कारण देखाउँदै उनीहरुले फिल्म रिजेक्ट गरिदिए । केही नायिकालाई यो फिल्म निकै पुरानो जमानाको लागेको थियो भने कतिलाई सनी देओल आफ्नो स्तरको लाग्दैनथ्यो । ’

यो बलिउड वेबसाइटलाई दिएको अन्तरवार्तामा अनिल शर्माले भनेका थिए, ‘म कसैको नाम लिन चाहन्नँ किनभने यो सही हुनेछैन । हामीले सन् २००१ का थुप्र्र चर्चित नायिकालाई यो फिल्मका लागि सम्पर्क गरेका थियौं तर उनीहरुलाई लाग्दैनथ्यो कि सनी देओलको स्तर उनीहरुसँग मिल्दैनथ्यो ।’

अनिल शर्मा थप्छन्, ‘कतिलाई त सनीको उमेर उनीहरुभन्दा असाध्यै धेरै छ र कतिलाई उनीसँग आफ्नो जोडी मेल नखाने पनि लाग्थ्यो । यतिमात्रै होइन, कतिलाई त लाग्थ्यो कि सनी देओल ट्रेन्ड हिरो होइनन्, यस्तै कतिले सनी देओलको नाम सुनेर नै फिल्मको कहानी सुन्न अस्वीकार गरेका थिए ।’

उनी थप्छन्, ‘यो फिल्म अमिषा पटेलको भाग्यमा लेखिएको थियो । जति नायिकाले यो फिल्ममा अभिनय गर्न अस्विकार गरे अब उनीहरु फिल्म छोडेकोमा अफसोस जताइरहेका छन् । ’

अनिल शर्माले द हिरो लभ स्टोरी अफ अ स्पाई, अपने, अब तुम्हारे हवाले वतन साथीयों जस्ता सुपरहिट फिल्म पनि बनाएका छन् । यस्तै अनिल शर्मा आफ्नो नयाँ फिल्म अपने–२ को तयारीमा जुटेका छन् ।

प्रतिकृया दिनुहोस्