Saturday, September 18

संजय लीला भन्सालीको ‘हिरामन्डी’मा मनिषा कोइराला पनि, के छ उनको भूमिका ?

September 1, 2021 51

सञ्जय लीला भन्सालीको महत्वकांक्षी सिरिज ‘हिरामन्डी’मा मनिषा कोइराला पनि रहने भएकी छन् । उनी भन्सालीसंग दोस्रो पटक काम गर्न लागेकी हुन् । भन्सालीले कुल १८ अभिनेत्रीलाई सो सिरिजमा लिन लागेका छन् । जसमध्य मनिषा पनि एक हुन् । दैनिक भास्करले लेखेको समाचारअनुसार १९ औँ शब्ताब्दीदेखि भारत पाकिस्तान विभाजनसम्मको कथा पस्किने फिल्मका लागि भन्सालीले १८ जना हिरोइन फाइनल गरेका छन् ।

सिरिजका लागि भन्सालीले मनीषा कोइराला, सोनाक्षी सिन्हा, जुही चावला, संजीदा शेख, निम्रत कौर, डायना पेन्टी आदिसँग सम्झौता गरिसकेको पनि भास्करको समाचारमा उल्लेख छ । यसमा जुही चावला अतिथि भूमिकामा देखिए पनि बाँकी भने सिरिजको पूरा अवधिभर रहने बताइएको छ ।

मनीषा कोइरालासँग भने भन्सालीले दोस्रोपटक काम गर्न लागेको हुन् । २५ वर्षअघि भन्सालीले निर्देशनमा डेब्यु गरेको फिल्म ‘खामोसी दि म्युजिकल’मा मनीषा मुख्य भूमिकामा थिइन् । सिरिजमा मनीषा जवान र अधवैंशे दुवै उमेर समूहमा देखिनेछिन् ।

पाकिस्तानको लाहोर हुँदै सिरिज मुम्बईमा आएर सकिनेछ । बाँकी हिरोइनका लागि भने कलाकारलाई सम्पर्क चलिरहेको समाचारमा उल्लेख छ । केही समय अघि फिल्ममा माधुरी दीक्षित पनि रहने चर्चा थियो । तर भन्सालीले यो खबरको खण्डन गर्दै अनलाइन पोर्टलले आफू खुशी कास्टिङ गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

नेटफ्लिक्समा सार्वजनिक हुने यो सिरिज ८ भागको हुनेछ । सिरिजको पहिलो र अन्तिम एपिसोड भन्साली स्वयंले निर्देशन गर्नेछन् भने बाँकी भाग विभु पुरी र मताक्षरा कुमारले निर्देशन गर्नेछन् ।

पाकिस्तानको लाहोरमा रहेको यो ठाउँ वे श्या को अखाडाको रूपमा चर्चित थियो । भन्सालीले भने यसलाई गीत संगीतको साधना गर्ने थलोको रुपमा प्रस्तुत गर्न लागेको चर्चा छ । केही समयपछि नै सिरिजको सु टि ङ सुरु हुँदैछ ।

प्रतिकृया दिनुहोस्