Thursday, October 21

माधव नेपालले गोबिन्द बन्दीलाई मन्त्री बनाउन सिफारिस गरेका हुन् ? देउवाले जब कांग्रेस बैठकमा यस्तो भने

August 31, 2021 80

नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टी अब सरकारमा जाने भएको छ । त्यसको औपचारीक छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरववहादुर देउवासंग माधव नेपालले छलफल गरेका छन् । बालुवाटारमा भएको बैठकमा अझै सहमति भने बनिसकेको छैन ।

नेपालले आफ्नो तर्फवाट मन्त्री बन्नेहरुको नाम लिष्ट बुझाएको कुरा वाहिरिएको छ । ति मध्य एक जना कानुनविद् गोविन्द बन्दीको नाम पनि परेको चर्चा चलेको छ । सांसद बाहिरका गोबिन्द बन्दीलाई मन्त्री बनाउन नेपालले देउवालाई सिफारिस गरेको कुरा चर्चामा आएको छ । तर त्यसको औपचारीक पुष्टि भने भएको छैन ।

उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डका कट्टर विराधी हुन् । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि नेकपा एसले यो प्रक्रियामा लामो समय काम गरेका बन्दीलाई मन्त्री बनाउन लागेको खबरले प्रचण्ड भने झस्किएका छन् ।

पछिल्लो समय दुवै संसद विघटनका विषयमा बन्दीले ओलीविरुद्ध अदालतभित्र र बाहिर माहौल सिर्जना गरेकाले प्रचण्डलाई कन्भिन्स गर्न सजिलो भएको थियो ।

माधव नेपालसँग पारिवारिक नातासमेत रहेका बन्दीलाई ६ महिना मन्त्री बनाएर शान्ति प्रक्रियालाई टुंग्याउन सत्ता गठबन्धनका नेताहरु सहमत भएको बताइएको छ । माधव नेपालका सम्धी सोमप्रसाद पाण्डे र गोविन्द बन्दी साँढु दाइ साँढु भाइ हुन् ।

बन्दीलाई सरकारमा सहभागी गराइयो भने उनी कानूनमन्त्री बन्नेछन् । नेकपा एमाले विभाजन हुनुभन्दा अगाडि नै माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरुलाई एकजना कानूनी पृष्ठभूमिका गैरसांसदलाई मन्त्री बनाउन आग्रह गरेका थिए ।

कांग्रेस पदाधिकारीको अनौपचारिक छलफलमा प्रधानमन्त्री शेरवहादुर देउवाले ‘माधवजीले संसद बाहिर रहेका एकजना कानूनवीदलाई मन्त्री बनाउनुपर्यो भन्नुभएको छ’ भनेर सुनाएका थिए ।

प्रतिकृया दिनुहोस्