Saturday, September 18

तीन दिन होटलमा बसेर जब एकैपटक १० सांसदले एमाले छाड्ने निर्णय गरे

August 31, 2021 60

नेकपा एमाले विभाजन भएर माधव नेपालले नयाँ पार्टी दर्ता गरेपछि राजनीतिक माहौल फरक भएको छ । निर्वाचन आयोगले पार्टीमा कित्ता क्लियर गर्ने समय भदौ २२ लाई तोकेको छ । त्यती बेला सम्म आफ्नो कित्ता क्लियर गरे अहिले रहँदै आएको पद यथावत रहन्छ । त्यसैले विभिन्न प्रदेशमा नेताहरुले कित्ता क्लियर गर्दैछन् ।

प्रदेश–१ का १० सांसदले नेकपा (एमाले) छाड्ने भएका छन् । विराटनगरको एक होटेलमा चार दिनसम्म बसेर उनीहरुले छलफल पछि यस्तो निर्णय गरेका हुन् । यस अघि सुर्य चिन्ह लिएर निर्वाचन जितेकाहरु माधव नेपालको पार्टीमा जाने सामुहिक निर्णयमा पुगेका हुन् ।

एमाले त्यागेर एकीकृत समाजवादीमा जाने १० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन् ।

उनीहरूले चार दिनसम्म विराटनगरको बिग होटेलमा बसेर छलफल गरेका थिए । प्रदेश सांसदहरू राजेन्द्र, गणेश र कृष्णकुमारी एमाले केन्द्रीय सदस्य नै हुन् । माधव नेपालको एकीकृत समाजवादीमा निर्णय गरेर सोमवार उनीहरुले होटल छोडेका हुन् । शुक्रवार देखि नेताहरु छलफलमा जुटेका थिए । नेता राजेन्द्रकुमार राईका अनुसार उनीहरुले होटल छाडेसँगै विराटनगरनै छाडेका छन् ।

प्रतिकृया दिनुहोस्