Friday, January 28

स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने ,आ क्रणपछि साधारण ज्वरोसँगै दिमाग, मुटु, कलेजोलगायत अन्य अंगहरुमा असर

August 31, 2021 262

स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने भएकाले सजक रहन र ज्वरो आए समयमै उपचार गर्न चिकित्सकले आग्रह गरेका छन् । स्क्रब टाइफस विश्वमा नै ज्वरो आउने पाँच प्रमुख कारणमध्ये एक पर्छ । स्क्रब टाइफस ज्वरो ल्याउने एक किसिमको किटाणु हो । ज्वरो आउने कारण थाहा नहुनेमध्ये यो पनि पर्छ । किटाणुले ज्वरो आएको भन्ने पत्ता लागेको सन् २०१५ मा हो । यो किटाणुको पहिलो रिपोर्टिङ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको थियो ।

चिकित्सकहरुका अनुसार यो किटाणुको आ क्र णपछि साधारण ज्वरोसँगै दिमाग, मुटु, कलेजोलगायत अन्य अंगहरुमा असर पु-याउँछ । यो किटाणुको आ क्र मणबाट मर्ने दर भने नेपालको ठाउँपिच्छे फरक छ । सबै उमेर समूहलाई संक्रमण गर्ने स्क्रब टाइफस किटाणुले साउनदेखि असोजसम्म बढी आक्रमण गर्ने गरेको पाइएको छ । खास गरी जाडो महिनामा यो रोग देखिँदैन ।

गत वर्ष कान्ति बाल अस्पतालमा गरेको एक अनुसन्धानमा स्क्रब टाइफसको मृत्यु दर ५ प्रतिशत देखिएको थियो । स्क्रब टाइफस रगतको परीक्षणबाट पत्ता लाग्छ र प्रायः अस्पतालहरुमा यसको परीक्षण हुन्छ । कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा. रामहरि चापागाईंले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार स्क्रब टाइफसको किटाणु धेरैजसो एसिया र अस्ट्रेलिया महादेशमा पाइन्छ । स्क्रब टाइफस नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले उपचार निर्देशिका बनाइसकेको छ ।

स्क्रब टाइफसबाट धेरैजसो किसान परिवार प्रभावित हुने गर्छन् । खेती किसानीको काम गर्ने खुला ठाउँमा बस्नेलाई बढी सर्ने सम्भावना हुन्छ । चिकित्सकहरुका अनुसार स्क्रब टाइफस मुसा वर्गको जीवबाट सर्छ । यसको किटाणु किर्नाजस्तै हुन्छ । बच्ने प्रमुख उपाय भनेको खेतबारीमा काम गर्दा गमबुट लगाउने, बाहिर खुला ठाउँमा नसुत्ने, ज्वरो आइहाले तुरुन्त उपचार गर्ने नै हो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्