Thursday, October 21

प्रदीप नेपालले माधव नेपालको साथ छोड्दै भने, ‘तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ’

August 30, 2021 41

नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले पनि अन्तत अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । उनले सामाजिक सञ्जाल मार्फत त्यसवारे जानकारी गराएका छन् । माधव नेपालले आफुसंग झेली कुरा गरेका कारण आफुले साथ दिन नसक्ने उनले उल्लेख गरेका छन् ।

सोमबार फेसबुकमा उनले आफूले माधव नेपालबाट धो का पाएको बताएका छन् । प्रदिप नेपाल निर्वाचन आयोगमा सनाखतका लागि पुगेका थिए । सुरुमा आफुले माधव नेपालकै समर्थन गर्ने बताएको भएपनि केन्द्रीय कमिटीमा नाम राख्दा आफुलाई नसोधेको भनेर चित्त दुखाएका उनी सनाखतका लागि भने निर्वाचन आयोग पुगेका थिए ।

तर सोमवार उनले नेपालको साथमा रहन नसक्ने भन्दै फेसवुक मार्फत जनाएका छन् । पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धो का कै उपचार लिएर जानुपर्ने भो। विदा ।’

नेता नेपालले आफू नेकपा एमालेमा भने नजाने उल्लेख गरेका छन् । ‘म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ उनले अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’

प्रतिकृया दिनुहोस्