Saturday, September 25

सप्तकोशीको बहाब उच्च भएसँगै बढ्यो त्रास, नदीको धार परिवर्तन भएपछि जनता त्रसित, हेर्नुहोस (भिडियो )

August 30, 2021 30

केही दिन देखिको अविरल वर्षाका कारण सप्तकोशीमा पानीको बहाब उच्च भएको छ । यो सँगै कोशीले धार परिवर्तन गर्न थालेपछि उदयपुर, सुनसरी र सप्तरीका जनता त्रसित बनेका छन् ।

अहिले विभिन्न जोखिम बढेपछि सर्वसाधारण नदी किनारमा कोशीको बहाब हेर्न पुगेका छन् । सुरक्षाकर्मी पनि कोशीको निगरानी गर्दै सतर्क बनेका छन् । श्रीलका टापु, ठाकुरबारी, राजाबास, प्रकाशपुर जस्ता क्षेत्रमा बाढीको बढी जोखिम रहेको बताईएको छ ।

अहिले आसपासका केही बस्तीमै पानी पस्न थालेको छ । नदी राजावास तर्फ बढी हानिएको बताईएको छ । पकलिबाट खटिएको ससस्त्र प्रहरिबल साथै मह्र्न्द्रनगर चकरघट्टिबाट खटिएको प्रहरी टोलि र कुशाबाट खटिएको नेपाली सेनाद्वारा बराहक्षेत्र नगरपालिकाको श्रीलन्का टापु बाट ७ जानाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, कोशीको पानी वर्षकै सबै भन्दा उच्च बहाबमा रहेपनि भारतले पुरै ढोका अझै नखोल्दा नदी बस्तीतिर पस्ने जोखिम बढेको स्थानीयको भनाई छ । ५६ ढोका मध्य ३५ ढोका मात्रै अहिले सम्म खोलिएको छ ।

प्रतिकृया दिनुहोस्