Saturday, September 25

हाम्रो धर्म संकृति र परम्पराले नेपाललाई समुन्नत बनाएको छ – नेता बस्नेत

August 30, 2021 27

महिला उत्थान केन्द्रले तिजको दर खाने कार्यक्रमको आयोजना गरेको छ । शनिबार सिन्धुपाल्चोकको बार्‍हबिसेमा आयोजना गरिएको उक्त कार्यक्रम पुर्व सुचना तथा संचारमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले भन्नु भयो – “हाम्रो धर्म संकृति र परम्पराले नेपाललाई समुन्नत बनाएको छ । हाम्रा रितिरिवाज धर्म संकृति र परम्परालाई पस्चात्य संकृतिले आक्रमण गर्दै आई रहेको अवस्थामा हरितालिका तिज पनि कतै न कतैबाट आक्रमणमा परेको देखिन्छ त्यसैले यसलाई जोगाउनका लागि पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु आवश्यक छ ।” एक अर्को प्रसंगमा “सिन्धुपाल्चोक जिल्लाबाट पनी नेपाली राजनीतिमा महिलाहरुको सकृय सहभागीता रहेको छ त्यसैले अबका दिनमा यस जिल्लाका महिलाहरु केन्द्रिय नेत्रुत्वमा आउनु पर्छ भन्नु भयो ।

उक्त कार्यक्रममा नेपाली काग्रेसको जिउँदो इतिहास बोकेको अमृतमाया गुरुङलाई नगद रकम र सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । २०१५ साल देखि सक्रिय नेता गुरुङको चर्चा गर्दै नेपाली कांग्रेसकी नेता तथा उत्थान केन्द्रकी अध्यक्ष लीला नेपालले भन्नु भयो ” २०१५ साल देखी नेपाली काँग्रेसमा योगदान दिनु भएकी गुरुङलाई सम्मान गर्न पाउँदा म ज्यादै हर्षित छु । योगदानको कदर गर्ने परिपाटीको सुरुवात भएको छ । सहयोग गर्ने सम्पूर्ण बुद्धीजिवी, जिल्लाका गन्यमान्य नेता कार्यकर्ता,ब्यापारी लगायत सम्पूर्ण दाजुभाइ दिदिबहिनी धन्यवाद छ ।

नेपाली काँग्रेसका नेता राजेन्द्र कुमार श्रेष्ठ,हरिशरण श्रेष्ठ ,प्रेम ध्वज लामा,बाल कृष्ण बस्नेत,जङ लामा,मसिना खड्का,रामकुमार थापा,नरेश कार्की,रामकुमार तमाङ, नरेश कार्की,युधिर पौडेल,प्रेम भण्डारी,बरिष्ठ पत्रकार बिष्णु न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै सुनकोशी गाउंपालिकाका अध्यक्ष बिनोद जिसी, सुनकोशी गाउँपालिकाका ६ न वडाका वडा अध्यक्ष तथा नेका का नेता रामकुमार थापा, सिन्धुपाल्चोक जिल्ला शिक्षक संघको उपाध्यक्ष लक्ष्मी पौडेल,जिल्लाका महिला नेता लक्ष्मी श्रेष्ठ,बिना श्रेष्ठ,तारा शाक्य,सानुमाया तामाङ,सुजेश्वरी श्रेष्ठ,सन्तमाया श्रेष्ठ,चमेली श्रेष्ठ,श्वासथानी थापा बोहरा,ग्याल्मो बुढाथोकी,रमा गुरुङ,कबिता गुरुङ,गिता नेपाल आचार्य ,मिनु बस्नेत लगायतका महिलाहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्