Monday, December 6

आठ करोड ८९ लाख ८० हजारको दुई केजी को’कि’नसहित तीन जना विदेशी नागरिक समातिए

August 30, 2021 107

आठ करोड ८९ लाख ८० हजार बराबरको दुई केजी ९६६ ग्राम ला’गुऔ’षध को’कि’नसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । को’कि’नको कारोबारमा संलग्न रहेको अभियोगमा दक्षिण अफ्रिका, भारत र ताञ्जानियाका नागरिकलाई पक्राउ गरिएको तथा जिल्ला अदालत काठमाडौँबाट हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको ला’गुऔ’ष’ध नियन्त्रण ब्यूराले आज जनाएको छ ।

कतार एयरको उडानद्वारा जोहानेसबर्गबाट कतार हुँदै भदौ ३ गते दिउँसो काठमाडौँ आएकी दक्षिणअफ्रिकी नागरिक शेर्ली गामालाई ब्यूरोको टोलीले भदौ ३ गते राति काठमाडौँ महानगरपालिका–१ कमलादीस्थित एक होटलबाट उक्त परिमाणको को’कि’नसहित प’क्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ भने १५ वर्ष जन्मकैद तथा पाँच देखि २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

त्यसैगरी खै’रो हि’रो’इनसहित काठमाडौंबाट सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजेन्द्र राना, पिटर लामा मन्दिप शर्मा, सागर श्रेष्ठ, अकलेश यादव, गोकुल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी कतार लैजान लागेको अवस्थामा ८ सय ग्राम गाँ’जा’सहित तीन जना पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस्