Saturday, September 25

नेपाली भन्दा नपत्याएपछि, आफ्नै देशमा ‘बिदेशी हुँ’ भन्दै ढाँटेर बसे- अरुभन्दा फरक बुटवलका ‘एलेक्स’ । २२ वटा गाई पालेर बसेका यमलालको रुवाउने कथा (भिडियो हेर्नुस)

August 29, 2021 85

बुटवल साल झण्डीका गोरो वर्णका यमलाल अर्थात एलेक्स खनाल टिकटकमा भाईरल भएसँगै्र शिशिर भण्डारी उनको घरमा पुगेको लिएको अघिल्लो अन्तर्वार्ता सबैले रुचाए । एलेक्सको कामलाई रुचाउँदै सबैले उनको जोश र जागरको खुलेर तारिफ गर्दै सबै नेपालीले बिदेश नगै नेपालमै अवसर सृजना गरी देशमै केहि गर्नु पर्ने सन्देश दिएको बताए । एलेक्स जो जन्मजात अरु भन्दा फरक वर्णका छन्,

अघिल्लो अन्तर्वार्तामा उनले आफुले फरक वर्णका कारण सानो उमेरदेखि आजसम्म धेरैबाट हेला खेपेको बताए । उनले आफ्नो पुराना दिनहरु सम्झिदै आँशु बगाए । एलेक्स यतिबेला २२ वटा गाईपालन गरेर बुटवलका लागि धेरैको प्रेरणा बनेर बसेका छन् ।

यसैबिच शिशिरले उनको गोठको भिडियो पनि ल्याए । आफ्नै देशमा अघिल्लो समय उनी अष्ट्रेलियाबाट आएको भन्दै नेपालमा एजुकेशनल टुरमा रहेको बताउँदै टिकटकमा भिडियो हालेका थिए । धेरैले उनलाई आफ्नै देशमा बिदेशीको पहिचान बनाएको भन्दै नकारात्मक प्रतिक्रिया पनि दिए । तर अवस्थाले गर्दा र धेरैले आफुलाई नेपाली भन्दा नपत्याए पछि त्यसो गरेको एलेक्सले बताए । गोठ घुमाईरहँदा एलेक्सले गाईको पालनले आफु सन्तुष्ट रहेको बताए । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्