Tuesday, September 28

….त्यसपछि छिमेकीहरु पुगेर हेर्दा उनको मृत्यु भैसकेको थियो !

August 28, 2021 73

भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९, किमालुङको तालखर्कस्थित एक पुरुषले आफ्नै श्रीमतीको ज्या’न लि’एर देहत्याग गरेका छन्। स्थानीय ४० वर्षीय बुद्धिमान राईले २८ वर्षीया श्रीमती ईन्द्रकला राईको ज्या न लिएर गरी देहत्याग गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार श्रीमतीको ज्या न लिएपछि आफू घरबाट करिब ४० मिटर टाढा रहेको दुधिलोको रुखमा क’पडा’को पा’ ‘सो ल’गा’ए’र झु ‘ण्डि’एको अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार राती सुतिरहेका बेलामा आमालाई खु’कु’री प्र’हा’र ग’रे’को देखेपछि त्यसपछि आमालाई बोलाउने क्रममा आमालाई मृत देखेपछि ८ वर्षीय छोराले घरदेखि केही पर रहेको हजुरआमा पर्नेलाई खबर गरेका थिए।

त्यसपछि स्थानीयबासीमा खै’लाबै’ला भएको थियो। स्थानीय पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको थियो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए। मृतक दुवैका ८ वर्षीय छोरा र एक छोरी छन्।

घटनास्थालमा इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट ख’टिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरि कार्यालय भोजपुरले जनाएको छ।

यो पनि : संक्रमणको त्रासले राति नाचेरै नीलबाराही नाच सम्पन्न

मध्यपुरथिमि नगरपालिका वडा ८ र ९ बोडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीनदिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँखअर्थात् नीलबाराही नाच सम्पन्न भएको छ ।

दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच यही भदौ ८ गतेदेखि सुरु भई शुक्रबार सम्पन्न भएको हो सङ्क्रमणको त्रासका कारण यस वर्ष प्रसिद्ध नीलबाराही नाच राति मात्रै सञ्चालन भएको हो । भाइरस सङ्क्रमणको जोखिम रहेकाले वडा नं ८ र ९ का वडाध्यक्षसहित स्थानीयवासीको बैठकले नाचलाई यसवर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेअनुसार राति मात्रै नाच सञ्चालन गरी सम्पन्न भएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

विगतका वर्षमा राति र दिउँसो टोलटोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्दै, टोलटोलमा राति नाच देखाइएको थियो । स्थानीयले पूजा नचढाउने र नाच राति मात्रै सञ्चालन गर्ने निर्णय भएअनुसार सञ्चालन गरिएको हो । वर्षौंदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय गरिएको थियो । राति सञ्चालन गर्दा जात्रामा भीडभाड कम हुने भएकाले देवगणदेखि नाच सञ्चालनमा जोडिने व्यक्ति र स्थानीयलाई पनि सङ्क्रमणबाट जोगिन तथा जोगाउन सचेतना अपनाउन राति सञ्चालन गरिएको हो ।

बोडेको अखाः द्यो छेँबाट सुरु भएको यो नाच तीन रातसम्म नारायणथान लाछी, लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुन ः अखाः द्यो छेँमा पुगेर समापन गरिएको थियो । नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने परम्परा रहेको स्थानीयवासी बताउँछन् ।

देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा छ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने नौलगायतका विभिन्न सहयोगी गरी ११५ धाँ बाजा बजाउने गरिन्छ । नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम रहेको छ ।

नाचमा देवगणले मुकुण्डो लगाएर घण्टौँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाइँदैन, बस्नै परे पनि ज्वकालुअर्थात् सहयोगीको काखमा या जिउमा अडेसलगाएर बस्नुपर्छ । नाचका अगाडि र पछाडि बाल्ने चिरागअर्थात् बत्ती पनि निभ्नु हँुदैन भन्ने मान्यता छ ।

नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म नाचको तयारी गरिन्छ । जसलाई नेवारी भाषामा ‘प्याँखा स्यनेगु’ भनिन्छ । नाच सिकाउँदा ताः लगायतको बाजा बजाईने परम्परा छ । नेपाल सम्वत ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच सुरु गर्नुभएको भन्ने वंशावलीमा उल्लेख छ ।

पौराणिक कथाअनुसार खेतमा काम गर्न गएका बोडेका एक किसानलाई नीलबाराही देवीले स्यालको भेष धारण गरेर लगेर, नीलबाराही जङ्गलमा लगेर तान्त्रिक नृत्य सिकाउनुभएको भन्ने जनविश्वास छ । देवी स्वयंले सिकाउनुभएको नाच नै लिच्छवीकालदेखि अहिलेसम्म पनि स्थानीयवासीले विभिन्न देवदेवीको भूमिका निर्वाह गरेर प्रदर्शन गर्दै आइरहेका छन् । नीलबाराही देवीले स्यालको रूप धारण गरेर स्थानीय किसानलाई लगेकाले त्यस बेलादेखि नै ती व्यक्तिको सन्तानलाई ध्वँ (स्याल) श्रेष्ठ भन्ने गरिएको मान्यता छ । त्यस्तै नीलबाराही देवीले किसानलाई नाच सिकाएको ठाउँ अझै पनि नीलबाराही जङ्गलमा छ ।

प्रतिकृया दिनुहोस्