Tuesday, October 26

बल्ल आशा पलायो : नेपालमा संक्रमित हुनेभन्दा निको हुने बढी

August 28, 2021 71

पछिल्लो २४ घण्टामा देशभर नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ५१६ जनामा सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ४०९ जनामा गरिएको आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै तीन हजार ७६७ जनामा गरिएको एन्टीजेन परीक्षमा ३४१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित सात लाख ५८ हजार ८ पुगेको छ । हालसम्म ३८ लाख ८६ हजार ८७८ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ३६ हजार ८६६ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा दुई हजार २२२ जना मुक्त भएका छन् । हालसम्म सात लाख १० हजार ४५० जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ६९० जना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्