Tuesday, October 26

पुरुषहरुलाई एक्लै घरबाहिर निस्किन प्रतिबन्ध लगाउन माग, निस्कनै परे दिदी-बहिनी र श्रीमतीका साथ चाहिने

August 27, 2021 99

पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारी र पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोकी छोरी बख्तावर भुट्टो जरदारीले दिएको एक महिलावादी भनाइ अहिले चर्चित भएको छ । उनले पाकिस्तानमा महिलालाई सुरक्षित राख्न पुरुषलाई एक्लै हिडन्वाट प्रतिवन्ध लगाउनुपर्ने माग उठाएकी छन् । पुरुषलाई बाहिर निस्कन परे कुनै परिवारका महिला सदस्यको साथमा मात्र बाहिर निस्कन दिनुपर्ने उनको भनाई छ ।

पाकिस्तानमा पछिल्लो समय महिला माथि घटना हुन थालेपछि उनले सामाजिक सञ्जाल मार्फत यस्तो भनाई सार्वजनिक गरेकी हुन् । पाकिस्तानमा महिलाहरुको स्थितिप्रति चिन्ता व्यक्त गर्दै पाकिस्तानमा पुरुषहरुलाई एक्लै सार्वजनिक स्थानहरुमा जान प्रतिबन्ध लगाउन माग गरेकी हुन् । महिलाको सुरक्षाको निम्ती यो उत्तम उपाय भएको उनको भनाई छ ।

यदि कुनै पुरुष आफ्ना परिवारका आमा दिदी बहिनीको साथमा हिँडेको छ भने उनले सडकमा देखिएका अन्य महिला माथि नराम्रो ब्यवहार गर्न सक्दैन उनको तर्क छ । पुरुष मात्र भएको समुहवाट महिला समस्यामा पर्ने उनले बताइन् । पुरुषहरुको साथमा उनीहरुकी आमा, दिदी, बहिनी वा पत्नी भएको अवस्थामा मात्र पुरुषहरुलाई सार्वजनिक ठाउँमा जान दिनुपर्छ उनले भनिन् त्यस्तो अवस्थामा उनीहरुले महिलालाई नराम्रो ब्य वहा र गर्दैनन् ।

प्रतिकृया दिनुहोस्