Saturday, September 18

कालिकोटमा दुई तिहाईले छोडे एमाले, आधाभन्दा बढी जनप्रतिनिधि पनि माधव नेपालका पक्षमा

August 27, 2021 34

नेकपा विभाजनको सबैभन्दा नराम्रो असर कालिकोटमा देखिएको छ । कालिकोटका धेरैजसो एमाले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका छन् । करिब दुई तिहाई नेता माधव नेपालको पक्षमा खुलेर लागिसकेका छन् । स्थानिय तहका आधा भन्दा बढी जनप्रतिनिधि पनि माधव समुहमा खुलेका छन् ।

६७ सदस्यीय जिल्ला कमिटी सदस्यमध्ये ४० जनाभन्दा बढी एकीकृत समाजवादीमा खुलेर लागेका छन् । यस्तो अंक गणितले कालिकोट एमालेमा पहिरो गएको छ । एमालेको सुर्य चिन्हवाट चुनाव जितेकाहरुले पनि माधव नेपालको पार्टीलाई रोजेका छन् । तीन स्थानीय तहका अध्यक्ष एवम् उपाध्यक्ष गरी चारजना र २४ वडाध्यक्षमध्ये १३ जना एकीकृत समाजवादीमा खुलेका छन् ।

यो अर्को समाचार, जनवादी गायक जेबी टुहुरेको जीवनको आधा शताब्दी नेकपा एमालेसँग जोडिन्छ । उनी एमालेको जनसांस्कृतिक मञ्चका अगुवा कलाकार थिए । तर, बिहीबार माओवादी मुख्यालय, पेरिसडाँडामा टुहुरेलाई कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइयो ।

‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सखको सधैं प्यासी बनेर’ भन्ने चर्चित गीत गाएका टुहुरेले एमालेमा मन भाँचिएपछि त्यहीँ ‘दास’ बनेर बाँचेनन् । ०६६ सालमै उनी एमालेबाट चित्त दुखाएर माओवादीमा प्रवेश गरे ।

७८ बर्षीय जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) टुहुरेको विहीबार बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कलंकीस्थित आफ्नै निवासमा लडेका उनमा मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप जस्ता दीर्घरोगहरु थिए ।

प्रतिकृया दिनुहोस्