Monday, June 14

प्रचण्डले अस्वीकार गरे माधव नेपालको त्यो बिन्ती

March 17, 2021 105

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले केही समय अघि सम्म आन्दोलनमा संगै रहेका नेकपा एमालेका नेता माधव कुमार नेपालको आग्रह समेत अस्वीकार गरेका छन् । माधव नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलिय वैठक वहिष्कार गर्न प्रचण्डलाई आग्रह गरेका छन् ।

मंगलवार आयोजना गरिएको सर्वदलिय बैठक माधव नेपाल, झलनाथ खनाल र जसपाका नेता डा बाबुराम भट्टराईले वहिष्कार गरेका छन् । उनीहरु बैठकमा सहभागी भएका थिएनन् । बैठकमा पुगेका प्रचण्डलाई समेत नेपालले नजान आग्रह गरेका थिए ।

एमालेमै रहेका माधव नेपाल अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको विरोधमा छन् । उनले फागुन २८ गते ओलीले एकपक्षिय बैठकवाट गराएको निर्णय वदरगर्न माग राख्दै आएका छन् । नेपालले राष्ट्रपतिद्धारा बोलाइएको सर्वदलिय बैठकमा पनि सहभागी नहुन गरेको आग्रह अस्विकार गर्दै प्रचण्ड शितल निवास पुगेका हुन् ।

नेपाल आफैले पनि टेलिफोनमार्फत राष्ट्रपतिले बोलाएको बैठक बहिष्कारका लागि आग्रह गरेको बताइएको छ । तर प्रचण्डले आफू राष्ट्रपतिले बोलाएको बैठक बहिष्कार गर्न नसक्ने भन्दै शितल निवास पुगेका थिए । प्रचण्डले एमाले भित्रको विवादमा आफु नपर्ने भन्दै शितल निवास पुगेको बताइएको छ ।

‘माधव–झलनाथ अनुपस्थित भएपनि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उपेन्द्र यादव र राजेन्द्र महतो उपस्थित भए ।

प्रतिकृया दिनुहोस्