Tuesday, October 26

ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हो : डा बाबुराम भट्टराई

August 26, 2021 42

जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमाले दोस्रो तहका नेतहरुको विषयमा टिप्पणी गरेका छन् ।

उनले हिजो मंगलबार माधव नेपालका साथ छोडेर अध्यक्ष केपी ओलीतिर १० जना केन्द्रिय सदस्य गएको विषयमा सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही गर्ने आँट दोश्रो पुस्ताका नेताहरूमा नभएको भन्दै आलोचना गरेका हुन् ।

विगत आठ महिना देखि साथ दिँदै आएका भीम रावलसहित १० जनाले नेपालको साथ छोडी ओलीतिर लागेका छन् । नेता भट्टराईले ट्वीटर मार्फत १बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? चुनावचिन्ह नै पार्टी हो र ? खै चेत ? प्रश्न गरेका छन् ।

भट्टराईको ट्वीट :हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेतरआट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै !बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला ! ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? चुनावचिन्ह नै पार्टी हो ररुखै चेत ?

प्रतिकृया दिनुहोस्