Tuesday, September 28

टिकटकमा भाईरल ‘सारीवालि’: भिडियो बनाउनका लागि किनिन् १५० सारी !

August 26, 2021 62

टिकटकबाट अभिनय, नृत्य र अन्य बिधामा आफ्नो भविष्य खोज्नेहरु धेरै छन् ।कतिले टिकटकबाटै उठेर आफ्नो सपना पुरा गर्दै जीवन स्तर उकासिसकेका छन् भने कति अझै त्यो सपना पुरा गर्न टिकटकमा स्तरिय प्रस्तुतिहरु दिन तल्लिन छन् ।

बिकृतिहरु आफ्नो ठाउँमा छन्, अर्को तर्फ राम्रा प्रस्तुतिहरु दिदै सबैलाई मनोरन्जन दिनेहरुको पनि कमि छैन, टिकटकमा । यस्तैमा बुटवलकी गोमा ज्ञावाली अर्को राम्रो टिकटक प्रयोगकर्ताको नाम हो । गोमा अघिल्लो लकडाउन यता टिकटकमा सक्रिय छिन् ।

सारी लगाएर टिकटकमा नाच्दै सबैको मन जितेकी गोमालाई धेरैले सारीवाली पनि भन्छन् ।बुटवलकी गोमालाई सानै देखि नृत्यमा रुचि थियो तर उनी आफुलाई नृत्यमा पारँगत भने मान्दिनन् । व्यवसायको रुपमा उनको सारी पसल पनि छ ।परिवारको सपोर्टमा

टिकटकमा पनि अघि बढिरहेकी गोमा आफ्नो पसलमा आएका सारीहरु मनपर्यो भने आफै राख्ने पनि गर्छिन् । उनीसँग १५० माथि सारीहरु छन् । छोटा कपडा लाएर टिकटक बनाउनेहरुलाई चुनौती दिदै गोमा सारीमा सजिदै टिकटकमा आफ्नो प्रस्तुति दिदै अघि बढिरहेकी छिन् ।

हालसम्म उनलाई ६ लाख माथिले फलो गरिसहेका छन् । धेरैले उनलाई हिरोईन जस्तै राम्री भन्छन् भने उनको हाँसो मनपर्ने पनि बताउँछन् । जे होस् उनले छोटो समयमा नै टिकटकमा भाइरल बनिरहेकी छन् ।

प्रतिकृया दिनुहोस्