Saturday, September 18

यी चर्चित अभिनेत्रीले कैद सजाय भोगिरहेको अपराधी संग मिलेर गरिन यस्तो धन्दा, प्रहरीले यी सामान सहित गरे पक्राउ

August 26, 2021 68

कैद सजाय भोगिरहेको व्यक्तिले आपराधिक कार्य गर्न सक्ला । त्यसमा पनि २ अर्ब जर्बजस्ती उठाउन सक्ला । तर, त्यस्तै घटना भारतमा भएको छ । यो तालिम नाडुको घटना हो जहाँबाट एक कैदीले २ अर्ब भारतीय रुपैयाँ जर्बजस्ती उठाएका छन् । घटनामा नाम चलेका व्यक्तिहरु समेत मुछिएका छन् ।

यो प्रकरणमा तिहार जेलमा रहेको सुकेश चन्द्रशेखरकी सहकर्मी लीना मारिया पाँललाई छानविन निकायले सोधपुछ गरिरहेको छ । उनी अभिनेत्री हुन् । चर्चित वेब सिरिज मद्रास क्याफेमा समेत भुमिका निर्वाह गरेकी छिन् ।

विगतमा पनि उनलाई सुकेश चन्द्रशेखरको सहकर्मी भन्दै प्रहरीले सोधपुछका लागि बोलाइरहेको थियो । सुकेश चन्द्रशेखरले जेलमै बसी २ अर्ब जर्बजस्ती असुली गरेको आरोपमा अनुसन्धान चलिरहेको छ । यो प्रकरणमा उनको सहकर्मीलाई सोघपुछ गरिएको हो ।

चन्द्रशेखर आफूलाई सरकारी निकायको कर्मचारी भन्दै उद्योगपतिहरुसित जर्बजस्ती पैसा उठाउने कार्य गरिरहेका थिए । उनले जेलभित्रैबाट उद्योगपतिकी श्रीमतीसित पैसा उठाउन खोज्दा उनको सहकर्मी लीनालाई अनुसन्धान निकायले सोधपुछ गरिरहेको टाइम्स अफ इन्डियाले लेखेको छ । दिल्ली प्रहरी र ईडीले सोधपुछ सुरु गरेको जनाइएको छ ।

उनका दुई सहकर्मीलाई प्रहरीले हिरासतमा लिइसकेका छन् । दिल्ली प्रहरीका अनुसार रोहिनी जेलमा हुँदा उनले उद्योगपतिलाई पैसा मागेका थिए । ईडीले हालैमा उनको चेन्नाई स्थित रहेको बंग्लोबाट १६ वटा हाईफाई कार, ८२ लाख भारतीय रुपैयाँ र दुई केजी सुन जफ्थ गरिसकेको टाइम्स अफ इन्डियामा उल्लेख गरिएको छ । लीनालाई क्नारा बैँक बाट १९ करोड घोटाला गरेको आरोपमा सुकेशको साथमा प्रहरीले सन् २०१३ मै गिरफ्तार गरेको थियो ।

प्रतिकृया दिनुहोस्