Saturday, September 25

आफ्नै छोरीलाई …..

August 25, 2021 53

मोरङमा आफ्नै छोरी कर णी गरेको आ’रोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ का ५१ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार उनीमाथि गत वर्षको माघ २० गते आफ्नै १४ वर्षीय छोरी यस्तो गरेको आरोप छ । उनले भने, ‘आफ्नै छोरीमा’थि यो ह’र्कत गरेको भन्दै भदौ ४ गते कि’टानी जाहेरी परेको छ । सोही आधारमा पक्राउ गरेर हिरासतमा लिँदै घटनाका बारेमा थप बुझ्ने काम भइरहेको छ ।’

पक्राउ पर्ने पुरुष नेपाली सेनाका पूर्वजम्दार रहेको प्रहरी स्रोत बताउँछ । तर डिएसपी श्रेष्ठले भने यसबारे विस्तृत खुल्न बाँकी रहेको बताउँदै सोमबार जिल्ला अदालत मोरङबाट म्याद थप गराउने तयारी रहेको सुनाए ।

‘हामीलाई पदसँग सरोकार भएन, अ’परा’धसँग सरोकार हो’, उनले भने, ‘पक्राउ परेकामाथि अनुसन्धान जारी छ । भोलि म्याद थप हुनेछ ।’ पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हि’रास’तमा राखिएको छ ।

२०७७ साल माघ २० गते राति आफ्नै घरमा ड’राउँन दिएर छोरीलाई यस्तो गरेको उनीमाथि आरोप छ । उनका अनुसार पीडितको स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया पनि अघि बढाइसकिएको छ ।

त्यस्तै केही दिन अगाडि हात्तीको आ’क्र’म’ण’बाट मृत्यु भएको कोशी गाउँपालिका–४ का रामु खङगको परिवारलाई रु २५ हजार आर्थिक सहयोग उपलब्ध गराइएको छ । गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले पीडित परिवारको घरमै गएर आज नगद हस्तान्त्रण गरेका हुन् । जङ्गली जनावरको आ’क्रम’णबा’ट मानवीय क्ष’ति भएका परिवारलाई गाउँपालिकाबाट नगद दिने निर्णयअनुसार रकम हस्तान्त्रण गरिएको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आ’क्र’म’णबाट खङगको आफ्नै घर अगाडि मृत्यु भएको थियो । पछिल्लो समय आरक्षणबाट निस्कने हात्तीले दैनिक रूपमा वि’त’ण्डा गर्दै आएको छ । जङ्गली जनावर नियन्त्रण गर्नुपर्ने माग गर्दै स्थानीय समुदायले पटकपटक आन्दोलन गर्दै आएका छन् ।

यो पनि : झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित

इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।

मेचीनगर नगरपालिका वडा नं १ र २ का १९ खानेपानी परियोजनाको मुहानमा उक्त झरना छ । झरनामा नुहाउन र रमाइलो गर्न झापा र इलामबाट दिनहुँ सयौँ आन्तरिक पर्यटक ओइरिन थालेका छन् । यसबाट पिउने पानी धमिलिएको उपभोक्ताको आरोप छ ।

पानीको मुहानमा आन्तरिक पर्यटक रमाउने नाममा फोहरमैला गरिदिँदा उपभोक्ता दूषित पानी पिउन बाध्य भएको बाहुनडाँगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सनतकुमार अधिकारीले बताउनुभयो ।

उहाँले मेचीनगरभित्र पर्ने बाहुनडाँगी, निन्दाटार, नन्दा, सन्देशी, नयाँ चावघारी, गोकुल गैरी, तिरिङ र साम्पाङ्गे खानेपानी आयोजनाको मुहान भनेकै त्यही झरना हो । मुहान दूषित हँुदा तीन हजार उपभोक्ता शुद्ध पिउने पानीबाट बञ्चित हुने अध्यक्ष अधिकारीको भनाइ छ । उहाँले फोहरमैला नहुने गरी तत्काल सो स्थानमा आउने आन्तरिक पर्यटकलाई व्यवस्थित गर्न नगरपालिकासँँग माग गर्नुभएको छ ।

वडा नं १ र २ का केही भाग साविक बाहुनडाँगीमा साना तथा ठूला गरी करिब १९ खानेपानी आयोजना सञ्चालित छन् । नन्दा खानेपानी समितिका अध्यक्ष इन्द्र ढकालले पानीको स्रोत संरक्षण गरिएन भने भावी दिनमा खानेपानीको विकराल समस्या पैदा हुने बताउनुभयो ।

स्थानीयवासीले मुहान धमिलिएको भन्दै झरनामा भीड रोक्न माग गरेपछि मेचीनगरका नगर प्रमुख विमल आचार्यले सो क्षेत्रको अनुगमन गर्नुभएको छ । पर्यटन क्षेत्रको विकाससँगै पानीको मुहानको उचित व्यवस्थापन गर्ने विषयमा आचार्यले स्थानीय सरकार सक्रियरुपमा लाग्ने जानकारी दिनुभयो ।

पहिलो प्राथमिकता खानेपानी भएको भन्दै उहाँले मुहान सफा राख्न सोही स्थानमा डस्वीन राखेर पर्यटकलाई सूचित गरिने विकल्पका बारेमा पनि सोचिरहेको बताउनुभयो । पर्यटकीय क्षेत्रका रुपमा विस्तारै स्थापित हुँदै गइरहेको बाहुनडाँगी झरनाको उचित व्यस्थापन र संरक्षण गर्न रोङ गाउँपालिकासँग पनि छलफल गरिने उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस्