Saturday, September 25

हस्ताक्षर सनाखतका लागि माधव नेपालसहितका नेताहरु आयोग पुग्दा जे देखियो (६ तस्विर सहति)

August 25, 2021 39

माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरु दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएक छन् । नेता नेपालसहितका उहाँका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोग पुग्नुभएको हो । यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन गर्नुभएको थियो । आयोगले आवेदन गरेका सबैलाई सनाखतका लागि आज बोलाएको थियो ।

प्रस्तावित दलका नेता जगन्नाथ खतिवडाले दल दर्ताका निम्ति गणपूरक सङ्ख्या पुग्ने सदस्यहरूका साथ आफूहरू आयोगमा उपस्थित भएको बताउनुभयो । उहाँहरूका साथमा प्रदीपकुमार नेपाल पनि हुनुहुन्छ । । सामान्यता सनाखतपछि आयोगले दल दर्ताको प्रमाणपत्र दिने गर्दछ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार नयाँ दल विभाजनका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ । एमालेका २०३ केन्द्रीय सदस्यहरुमध्ये माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाउनु भएको थियो । यसैगरी ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाउनु भएको छ ।

यसैगरी महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका आवेदनकर्ताहरू पनि सनाखतका लागि आयोगमा उपस्थित हुनुभएको छ । ठाकुर नेतृत्वको पार्टीले ३० सदस्यीय कार्यसमिति प्रस्ताव गरेको नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्