Saturday, September 25

फेसवुकमा स्टाटस लेख्दै देह त्याग गर्छु भन्दै यी महिलाले कर्णाली प्रदेशका मन्त्रीको घटनालाई जोडेर समाचार लेख्ने मिडियाको नाममा चिठी लेखेर म’ र्छु

August 24, 2021 110

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीमाथि एक गम्भीर आरोप लागेको छ । उनले एक महिलामाथि क र णी आरोप लागेको हो । यो आरोपसंगै एक महिलाको नाम जोडेर सामाजिक सजालमा विभिन्न टिप्पणी आएका कारण महिलाले प्रतिकृया जनाएकी छन् ।

एक महिलाको नामको फेसवुक आइडीवाट मन्त्री शाहीको घटनालाई जोडेर आफ्नो नाममा अनावश्यक टिप्पणी गरिएको प्रति विरोध गरिएको छ । स्टाटस लेख्दै आफु माथि अनावश्यक आरोप लगाइएको भन्दै त्यो आरोपको पुष्टि गर्न मिडियालाई चेतावनी दिइएको छ । मिडियाले पुष्टि गर्न नसके त्यसका नाममा नोट लेखेर देह त्याग गर्ने चेतावनी पनि दिइएको छ ।

यो घटनाको अहिले स्वतन्त्रतापूर्वक पुष्टी नभएपनि यसले प्रदेशमा तरंग ल्याएको छ । मन्त्री शाहीबाट महिलामाथि क र णी भिडियो सार्वजनिक भएको भन्दै अन्नपुर्ण पोष्टले समाचार प्रकाशन गरेपछि यो विषय प्रकाशमा आएको हो । समाचारमा उल्लेख भए अनुसार केही दिनअघि महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा यही बिषयमा जाहेरी दिन गएका थिए ।

यो घटना अहिलेको भने होइन । तर, भिडियो कसले खिच्यो भनेर थाहा हुन सकेको छैन । मन्त्री शाहीले यस बिषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । प्रहरीको सम्पर्कमा पुगेका महिलाले उक्त भिडियो २०७६ माघतिरको भएको बताएको समाचारमा उल्लेख छ ।

केहीले यो भिडियो सत्य नभएको र राजनीतिक प्रतिशोधका कारण समाचार आएको भन्दै टिप्पणी गरेका छन् । समाचारमा महिलाको नाम खुलाइएको छैन । जसको नामको फेसवुकवाट स्टाटस सार्वजनिक भएको छ उनी यो घटनासंग सम्बन्धीत हुन् वा होइनन् पुष्टि छैन । मन्त्रीको समाचारसंगै यो स्टटास पनि अहिले सामाजिक सञ्जालमा भाइरल छ । सांकेतिक तस्बिर

प्रतिकृया दिनुहोस्